काठमाडौं । भोलिदेखि भदौ १६ गतेसम्मका लागि बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा बन्द हुने भएको छ ।
बढ्दो कोभिड-१९ को प्रकोपका कारण यातायात कार्यालयबाट दिँदै आएको सेवा बन्द गर्नु परेको यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमति पत्र ठूलोभ¥याङका शाखा अधिकृत उपेन्द्र शाहले जानकारी दिनुभयो ।
सवारी चालक अनुमति पत्र, लाइसेन्स, रुट परमिट लगायतको सेवा बन्द रहे पनि अत्यावश्यक सेवा (लाइसेन्स भेरिफिकेसन) भने सुचारु नै रहने बताइएको छ । दुर्घटना भएमा सवारी चालकको लाइसेन्स सक्कली कि नक्कली भनेर भेरिफिकेसन गर्नुपर्ने हुन्छ।
लकडाउन खुकुलो भएसँगै यातायात कार्यालयले असार १ गतेदेखि सेवा सुरु गरेका थिए ।