कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत 7 महिना देखि सीमामा खटिरहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरीका डि.आई.जी. कृष्णभक्त ब्रम्हाचार्यले भाद्र 18 गते महोत्तरीको विभिन्न सीमानाकामा पुगि आवश्यक निर्देशन दिनुभएको छ ।प्रदेश नं.2 को धनुषा र महोत्तरी जिल्लामा कोरोना संक्रमण व्यवस्थापन तथा नियन्त्रण विषयक प्रदेश स्तरीय एक दिने कार्यशाला गोष्ठी बर्दिवास स्थित छिन्नमस्ता बाहिनीमा सम्पन्न भएको 2 दिन पछि सीमाको सुरक्षा परिचालन तथा वस्तुस्थितीको डि.आई.जी. ब्रम्हाचार्यले महोत्तरीका प्रत्येक सीमानाकामा आफै पुगि निरीक्षण अवलोकन गरी त्याहाँ खटिएका सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको हो ।
डि.आई.जी. ब्रम्हाचार्यले महोत्तरीको मटिहानी स्थित सशस्त्र प्रहरीको नं.9 गण र मटिहानी देखि खैरहवनी सम्मका 7 वटा वि.ओ.पि. र आवश्यकता अनुसार राखिएका फर्वाड अव्जरभेसन पोष्टमा पुगि कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण समुदायस्त्तरमा फैलदै जान थालेकाले थप गम्भिर परिस्थितीको आङ्कलन गर्दै विगतमाझै सीमा हुने आवत जावतलाई कडाई वनाई राख्न निर्देशन दिनुभयो । वहाँले जनस्तरमा कोरोना संक्रमण त्यसको असर र सम्भावित क्षति एवं नागरीक र सुरक्षाकर्मीले अवलम्वन गर्नुपर्ने सुरक्षात्मक उपायहरुको वारेमा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्न मातहत कर्मचारीलाई निर्देशन दिनुभयो ।
डि.आई.जी. ब्रम्हचार्यले लकडाउन पश्चात राज्यले तोकेका सीमानाकाबाट औपचारीक रुपमा नेपाल प्रवेश गरेकाहरुको कन्ट्याक्ट ट्रयाकिङ्गमा ध्यान पुर्याई त्यस्ता व्यक्तिहरुको खोजिगरी क्वारेन्टिन तथा आईसोलेशनमा राख्न सरोकारवालालाई सहयोग पुर्याउन र अन्य सुरक्षा निकायहरु एवं छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी सुरक्षा नागरिक समन्वयात्मक रुपमा कार्य गर्न पनि निर्देशन दिनुभयो ।
डि.आई.जि. ब्रम्ह्रचार्यले सीमा सम्वेदनशिलतालाई मध्यनजर गर्दै वि.ओ.पि. जलेश्वरलाई यथासिघ्र थप 2 वटा फर्वाड अब्जरवेशन पोष्ट स्थापना गर्न निर्देशन दिनुभयो । स्थलगत निरीक्षणका क्रममा डि.आई.जी. ब्रम्हचार्यले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको समग्र बस्तुस्थितीको वारेमा पनि जानकारी लिनुभयो ।
महोत्तरीको 38.46 कि.मि. अन्तराष्ट्रिय सीमामा सशस्त्र प्रहरीका 654 जनशक्ति परिचालित छन् । अनधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा 7 वि.ओ.पि. सहित जिल्लाको सकरी, मधबा र कट्टीमा थप 3 फर्वाड अव्जरभेसन पोष्ट राखिएको छ भने 2 स्थापनाको क्रममा छन । हाल सम्म सीमामा अग्रपङ्कतिमा खटिने 28 सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ भने 19 रिकभर भईसकेका छन् ।