प्रेमचन्द्र झा
गाैर । स्थानिय सरकार संचालन ऐन संसोधनका लागि साझा दास्तावेज बुझाने उदेश्यले प्रदेश २ स्तरीय प्रतिनिधि मुलक छलफल गरिएको छ ।आैपचारिक रुपमा गरिएको सो छलफलका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका का नगर प्रमुख लालकिशाेर साहले स्थानीय सरकारलाई काम गर्न धेरै चुनाैतीको सामना गर्नु परेको कुरा बताउनुभयो ।आफुले निकै कठिन परिस्थितिमा मा काम गर्नु परिरहेको नगर प्रमुख साहले बाेल्दै संघिय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाई दिदा सामना गर्नु परेकाे थप चुनाैतिको वारे बाेल्नु भयो ।नगर प्रमुख साहले स्थायी सता र अस्थायी सता बिच अापसि तालमेलकाे अभावले पनि धेरै काम बिग्रेकाले तालमेल हुन जरुरी रहेको बाउनु भयो । चेकमा सहि गर्नेले आफुनै खाजानाको मालिक हुं बुझने कुरा पनि समस्याको ठुला जड रहेको वहाले बाेल्नु भयाे । नगरपालिकामा स्विपर देखि मेयर सम्म सबैले अाअाफनाे ठाउँमा अात्मसाथ गरेर काम गर्नु पर्ने देखिन्छ वहाले बाेल्नु भयाे ।अाफनाे नया कार्यकालको अनुभव सुनाउदै नगर प्रमुख साहले मेरो पछिल्लो ३ बर्षमा ७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन ।सबै अाफना मनलागेकाे बेला अाउनु भो जानु भयो । आउने बेला कसरी कति खेर हाजिर भए । स्वागत गर्न पाएको छैन । जाने बेला कति खेर निसक्नु भएछ विदाईमा एउटा गम्छा आेढाउन समेत पाएको छैन एक दुई जना बाहेकलाई । ति दई जना एक पुरुष सुरुमा र यो पछिल्लोपटक आषाढमा दिनरात काम गर्ने महिला प्रमुख प्रशासकीय अघिकृत थिए । मेयर साहले भने आफुले प्रमुख प्रशासकीय अघिकृतलाई संघिय सरकारको प्रतिनिधिको रुपमा बुझ्ने गर्दछु। तर संघिय सरकारका आफुले देखेका भेटेका काम गरेका प्रतिनिधिको तरिका व्यक्ति पिच्छे फरक पाए जुन दुखद थियो ।मलाई कसै संग व्यक्तिगत गुनासो छैन तर संघिय सरकारको प्रतिनिधि स्थानीय सरकारलाई सहयोगीको काम गर्न आउने ७जनामा ७किसिमको फरक हुनु सरकार संचालन ऐन संसोधन भन्दा ति कर्मचारीको नियत संसोधन जरुरी रहेको मैले महसुस गरेको छु वहाले बोल्नु भयो।आफुले गल्ति गरेको छ भने सजाय भोग्न तयार रहेको बोल्दै नगर प्रमुख साहले चित नबुझेन गल्तिजति स्थानिय सरकारलाई ,स्थानिय सरकार जनता सग हातमा हात मिलाएर काम गरि रहेका छन ।तै पनि धनुषाका १८ मध्ये १० स्थानिय तह कोष तथा लेखा नियन्त्रणकार्यालयको बन्धकमा परेका छन ।पैसा दिनेको काम भएको छ जस्ले घुस दिदैन त्यो स्थानिय तह बन्धकमा परेकाे मेयर साहले आराेप लगाउनु भयो। यो देश हिमाल पहाड र मधेश सबै ठाउँमा बस्ने जनताले मिलेर बनाउनु पर्छ वहाँले बाेल्नु भयाे।
साे छलफलका विशिष्ट अतिथि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव विष्णुदत गाैतम,स्थानिय तह संरचना आयोगका पुर्व सदस्य अधिवक्ता सुनिल रन्जन सिह ,स्थानीय शासन विज्ञ विके महर्जन लगायगका विज्ञले शिक्षा , स्वास्थ्य , वनलगायतका लागि अन्तर मन्त्रालय समन्वयात्मक वैठक, नगर प्रमुख, नगरउपप्रमुख तथा नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत विचकाे अधिकार क्षेत्र मा देखिएका अअस्पस्टता तथा वडाअध्यक्षले सिफारिस नगरेकोमा संसोधनको जरुरी रहेको विचार राख्नु भयो।नेपाल नगर पालिका संघका कार्यकारी प्रमुख कलानिधि देवकोटाले स्थानिय सरकार संचालन ऐन संसोधनकाे आवश्यकता बारे बोल्नु भयो ।संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको समन्वय र नेपाल नगरपालिका संघको आयोजनामा स्थानिय सरकार संचालन ऐन संसोधनका लागि भएको सुझाव संकलनका लागि मिटङ्गमा बोल्दै सो कुरा बताउनु भयो ।बाराको पचराैता नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका संघका सदस्य रमेशकुमार यादवको अध्यक्षतामा भएको सो मिटिङ्गमा ऐनमा संसोधन लायक मुख्य १० बुन्दा पचराैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादवले प्रस्ताव गर्नु भयाे ।
नगर प्रमुख तथा स्वयमले गरेको अनुभव काे अाधारमा राखेको कुरा प्रमुख प्रशासकीय अधिकृत यादवले बा्ेल्नु भयो । गाैर नगरपालिकाका नगर उपप्रमुख किरण ठाकुरले नगर उपप्रमुखको अधिकारकाे विषयमा मात्र संसाेधनको कुरा उठनु दुखद भएको र नगरपालिकाका सबभन्दा बढी पिडत जनप्रतिनिधिकाे रुपमा नगर उपप्रमुख मात्र रहेको कुरा बाेल्नु भयो ।
परोहा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अाेम प्रकाश यादवले संसोधन गर्न आवश्यक वुन्दासहितको प्रस्ताव गर्नु भयाे। सो कार्यक्रममा प्रदेश २ अन्तरगतका विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अा अाफ्नाे यथार्थ परक लामाे अनुभव प्रस्तुत गरेका थियाे । शुक्रबार दिउसाे २ बजेर १५ मिनेटमा सुरु भएको छलफल ५ बजेर १५ मिनेटमा सम्पन्न भयाे ।