संजय मिश्रा
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ सह संयोजक प्रभु पटेलले लाखौंरुपैया अनियमितता गरेको दाबी गरीएको छ ।
नगरपालिकाका लेखापाल नबिनकुमार यादवको मिलोमतोमा क्वारेन्टाईन संचालन,तालिम गोष्ठी तथा स्वास्य सामग्री खरीदको नाउमा लाखौंरुपैया अनियमितता गरेको नगर स्वास्थ संयोजकलेने दाबी गरेका छन।
लेखापाल यादवको मिलोमतोमा सहसंयोजक पटेलले अषाढ मसान्तको अन्तिममा नक्कली बिल भाउचर पेसगरेर झण्डै ४५ लाखरुपैया पेस्की लिएको सार्वजनिक भएको छ ।
फतुवा बिजयपुर १० दुधिअवा क्वारेन्टाईन संचालनमा २५लाख, बालपोषणमा ८ लाख,तालिमको नाउमा ५लाख ९४ हजार, खोपकेन्द्र संचालनमा तिनलाख ८४ हजार,र मासिक बैठकभता बापत एकलाख ४५ हजारगरी कुल ४४ लाख २३ हजार रुपैया सहसंयोजक पटेलले पेस्की निकालेका छन ।
स्रोतका अनुसार लेखापाल नविन कुमार यादव र सहसंयोजक पटेल बिच ६०प्रतिसत ४० प्रतिसतको भागबण्डामा त्यत्रो ठुलो रकम स्वास्थ संयोजक भागवत चौधरीलाई जानकारीनै नगराई निकासा दिएको हो ।
स्वास्थ संयोजक भागवत चौधरीका अनुसार दुधिअवा क्वारेन्टाईमा बढीमा १० लाखरुपैया खर्च हुनसक्छ त्यस भन्दा बढी कुनैपनी हालतमा नहुने दाबी गरे ।
लेखापाल यादव अषाढ मसान्तमा कार्यालयमा नबसेर चन्द्रनिगाहपुर बस्ने र उतै बसी बसी अन्य स्वास्थकर्मी लाई कुनै जानकारीनै नदिएर भागबण्डा गर्ने हिसाबले गोप्यरुपमा सहसंयोजक पटेललाई निकासा दिएको आरोप लगाए ।
त्यतीमात्र होईन युनिसेफद्धारा भनिएको तालिमबारे पनी कुनै स्वास्थकर्मीलाई जानकारी नभएको स्वास्थ संयोजक भागवत चौधरीले बताए ।
यदी नगरपालिकामा खोप,पोषण अथवा कुनै स्वास्थ सम्बन्धी तालिमको आयोजना भए आफु दक्ष प्रशिक्षक भएकाले पकै थाहा हुन्थ्यो तर सहसंयोजक पटेलले केही स्वास्थकर्मी लाई पैसा बाँडेर ५ लाख ९४ हजारको तालिम कागजमै सकाएको संयोेजक चौधरीले टिप्पनी गरे ।
संचारकर्मीको जिज्ञासामा संयोजक चौधरीले भने कुनै पनी स्वास्थ सम्बन्धी तालिम भएमा हाम्रो जनशक्ती दक्ष हुन्छ तर कागजी तालिमले सहसंयोजक पटेल र लेखापाल यादवको पाकिट मात्र भर्छ ।
संयोजक चौधरीले लेखापाल र सहसंयोजकको मिलोमतोमा मास्क,सेनिटाईजर,साबुन,ग्लोप्स,थर्मोगन,पिपिईसेट,क्वारेन्टाईमा प्रायोगहुने बिभिन्न सामग्री थोरे खरीद गरेपनी बढीको बिल पेस गरेर अनियमितता गरेको दाबी गरेका छन ।
फतुवा बिजयपुर नगरपालिकामा स्वास्थ सहसंयोजक पटेलले गरेको अनियमितता बारे चर्चाहुँदा पार्टीको कर्मचारी हो भनेर केही निर्वाचित जनप्रतिनिधिले ढाकछोप गर्न खोजीरहेका छन।
नगरप्रमुख गोपाल प्रसाद यादवले लेखापाल नविककुमार यादव लाई पटक पटक अन्यथा नगर्न रोक्दा रोक्दै पनी ठुुलोरकम निकासा गरेको देखिएकाले सोबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका छन ।
उता फतुवा बिजयपुरका नगर सहसंयोजक प्रभु पटेलले आफुले कुनै किसिमको अनियमितता नगरेको बताउँदै आएका छन ।
सहसंयोजक पटेल यसअघि राजपुर नगरपालिकामा हुँदा कर्मचारीलाई मिलाएर त्यहाँ पनी ठुलोरकम पेस्की लिएपछी ठुलो बिवाद भएको थियो ।
यसैबिच रौतहटका सिडियो ईन्द्रदेव यादवले फतुवा बिजयपुरमा स्वास्थमा भईरहेको अनियमिताको बारेमा चासो लिँदै त्यहाँको गतिबिधी बारे लिखितरुपमै मागगर्ने बताएका छन ।