रौतटह जिल्लाको गरुडामा आज तराई मधेस राष्ट्रिय परिषद् को मधेश संवाद यात्रा सम्पन्न भएकोछ। १०० भन्दा बढी युवा बुद्धिजिवी को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा टिएमएनसिको संयोजक विकास ठाकुर , कासिनद्र कविर, आभास गुरु, सुसिल चन्द्र, असोज यादब, सत्रु यादब को उपस्थिति रहेको थियो। कार्यक्रममा मा मधेस पछाडि पर्नुको कारण , सम्सया र समाधानको बारेमा चर्चा भएको थियो। राज्यले मधेसलाई धोकामा राखेको र हामि मुक्ति कसरी पाउने विषयमा बिसतृत चर्चा समेत भएको थियो।टिएमएनसिको उदेश्य मधेसि राष्ट्रियता स्थापना गर्ने , सामाजिक न्याय र लिडरसिप उत्पादन रहेको संयोजक ठाकुर ले बताए। त्यसैतैराज्यको नियत कस्तो छ प्रश्न यहा छ। संविधान त कागजको टुक्रा मात्र छ। जहिले पनि परिवर्तन गर्न सकिन्छ। संविधान गिता कुरान होइन कि कहिले पनि परिवर्तन नहुने हो।प्रदेश नं २ को नाम मध्य मधेश हुनु पर्छ।:- विकास ठाकुरले समेत जिकिर गरे। त्यसतै टिमएनसि को रौतहट कमिटि का लागि १९ सदसिय कार्यसमिति पनि बनाएको छ। कार्यसमितिमा राजा हुसेन, ब्रज किशोर पटेल , आदर्श सहनि, नरेन्द्र यादब, विवेक यादब, हिमालय जयसवाल, मिथलेस यादव,संजय साह,विगन साह रहेको छ।