बालविवाह न्युनिकरणको लागि संघ संस्थाहरुको साझा योजना निर्माण सम्वन्धि अन्तक्रिया सम्पन्न ।

बिरगंज– १९ पौष ।
बालविवाह सम्बोधन गर्नका लागि सुदृढ बहुक्षेत्रीय संस्था सम्मिलीत समन्वय प्रणाली सम्बन्धी एक दिने कार्यक्रम बिरगंजमा आइतबार सम्पन्न भएको छ ।
संरक्षण नेपालको सहकार्यमा कृपाले आयोजना तथा साइबाक र ममताको सहयोगमा गरेको कार्यक्रममा पर्साको खासगरी लक्षित तीन पालिकामा बालविवाह विरुद्ध विभिन्न कार्य गर्दै आएका संघ संस्थाका प्रतीनीधीहरुसंग छलफल गरीएको हो ।
कार्यक्रममा कृपा तथा संरक्षण नेपाल लगायत विभिन्न संघसंस्थाहरुको साँझा मुद्धा बालविवाह विरुद्धको अभियानलाई संगसंगै कसरी अगाडी लैजाने भन्ने उद्देश्यले संघसंस्थाहरुले मिलि आगामी कार्ययोजना समेत बनाईएको कृपा नेपालका कार्यक्रम संयोजक शुशिल नेपालले बताउनुभयो ।
उहाँले कार्यक्रममा आमन्त्रीत विभिन्न संघसंस्थाले गर्दै आएको कार्यलाई एकत्रीत पारी प्रभावकारी रुपमा अगाडी बढाई बालविवाह विरुद्धको मुद्धामा कसरी सफलता हासिल गर्ने र स्थानीय तहलाई जवाफदेही बनाउने उद्देश्यमा आगामी दिनमा कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा कृपाका कार्यकारी निर्देशक आनन्द तामांगले प्रदेश नम्बर २ का जिल्लाहरुमा वालविवाहको घटनामा वृद्धि हुँदै गएको तथ्याकंले देखाईरहँदा अबको दिनमा यसलाई न्युनीकरणका लागि पालिकाहरुमा कार्य गर्दै आएका विभिन्न सरकारी गंरसरकारी संघसंस्था मिलेर जानुको विकल्प नभएको बताउनुभयो । उहाँले साँझा मुद्धामा सफलता पाउन सबैजना एक विन्दुमा आउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा पर्साको पोखरीया नगरपालिका , पर्सागढी नगरपालिका र विन्दवासिनी गाउँपालिकालाई कार्य क्षेत्र बनाई कार्य गर्दै आएका आसमान नेपाल , दिव्य युवा क्लब , अरुणोदय युवा कल्ब , सुर्योदय युवा क्लब , व्रीलियन्ट युवा क्लब ,संरक्षण नेपाल , कृपा लगायतका संघसंस्थाका प्रतीनीधीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण बृजमोहन कुशवाहाले गरिएको थियो भने कार्यक्रमको संचालन बृजकिशोर यादवले गरिएको संस्थका अन्जु कुमारी चौहानले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here