रौतहटको वृन्दावन नगर प्रमुख रामस्नेही यादवले राजनैनिक संस्कार नभएकाले आफु विरुद्ध आरोप लगाएको वताउनु भएको छ।
नगर परिसरमा बुधबार पत्रकार सम्मेलनमा एकपक्षीय समाचार सम्प्रेषण गर्ने उपर कानुनी उपचार खोज्ने सम्मको चेतावनी दिनु भएको छ । केही दिन पहिले एक स्थानिय समाजसेवीले मेयर यादवको नेतृत्वमा ५० कडोर भ्रष्टाचार भएको आरोप लगाएका थिए । साथै मेयर यादवले भारत विहार राज्यको मुज्जफरपुरमा डेढ करोडमा महल किनेको जस्ता गम्भीर आरोप लगाएका छन ।मेयर यादवले ती कुरा निराधार रहेकोले सावित गर्न चुनौती दिनु भयो ।