युवराज झा
गौर।रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख तता नगरपालिका संघ प्रदेश २का अध्यक्ष शेख वकिलले अपांगता भएका वालवालिकाका लागि विधालय भवन शिलान्यास गर्नु भएको छ । परोहा नगरपालिका तथा छाया नेपालको साझेदारीमा सो भवन निर्माण हुन लागेको हो ।
परोहा नगर पालिका वडा नम्बर ६ लौकाहा भेडियाहीमा भवन निर्माण भई रहेका छन। सो विधालयको भवन बनाउन अठाइस लाख रुपैयाँमा तीन कठ्ठा जग्गा खरिद भईसकेका छन । भवन निर्माण कार्य परोहा नगरपालिका र छाया नेपालको संयुक्त लगानीमा हुन लागेको हो । भवन बनेपछि लगतै पढने पढाउने कार्य शुरु गरिनेछ । सो विधालयमा अपांगहरूलाई विशेष रुपमा शिक्षा दिनेछ । सुरुमा रौतहट क्षेत्र नम्बर २ र विस्तारै जिल्ला भरीबाटै अपांग वाल वालिका लाई अवासिय रुपमा भर्ना गरी शिक्षा दिने उदेश्य रहेको नगर प्रमुख शेख वकिलले जानकारी दिनु भयो ।