समता समावेशी शिक्षा अन्तर्गत शिक्षकहरुलाई प्रारमिभ्क कक्षा सिकाई सम्बन्धी ५दिने आधारभुत तालिम सम्पन्न

युनिसेफ र विश्व शिक्षाको सहयोगमा आरडिसि नेपाल रौतहटले परोहा नगरपालिका अन्तर्गत विद्यालयका ३० जना शिक्षकहरुलाई दक्षता तालिम दिइएको हो ।
समता समावेशी शिक्षा परियोजना अन्तर्गत आरडिसि नेपाल रौतहटले चन्द्रपुर स्थित परोहा नगरपालिका अन्तर्गत विद्यालयका ३०जना शिक्षकहरुलाई प्रारमिभ्क कक्षा सिकाई सम्बन्धी ५दिने आधारभुत तालिम सम्पन्न भएको छ ।
जिल्लाको ४वटा स्थानिय तहमा रहेका १२० जना प्राथमिक शिक्षकहरुलाई तालिम दिने लक्ष्य रहेकोमा पहिलो चरणमा ३०जना शिक्षकलाई तालिम दिइएको तथा अन्य ९०जना शिक्षकलाई माघ मसान्त भित्रमा तालिम दिइने बिश्व शिक्षाका सुशिल यादवले बताउनुभयो ।
प्रारम्भिक कक्षाको सिकाई विधिलाई माथि उठाउने उद्येश्यले प्रारम्भिक कक्षामा पढाउने शिक्षकहरु खसगरी नेपाली गणित विषयका शिक्षकलाई समावेशी शिक्षा ,प्रारम्भिक कक्षा सिकाई ,निरन्तर मुल्यांकन प्रणाली, बहुकक्षा ,बहुस्तर ,मातृभाषको माध्यमबाट शिक्षण सिकार्इृ जस्ता क्रियाकलाप प्रभावकारी ढंगले बालबालिकाको सिकाई सुधारकोलागि दक्षता तालिम दिइएको केन्द्रका अध्यक्ष पारस हुसैनले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रममा बिश्व शिक्षाका सुखरतन ब्रहम्चार्य ,छविलाल चौलागाई ,तेज प्रकाश गौतम र सुशिल कुमार यादव ,प्रशिक्षक दिपक पौडेल ,रेनुका जिसि ,गोपाल कडेल ,राजन भण्डारी ,आरडिसिका कामदेव यादव ,भैरवलाल यादव ,आयोजक संस्थाका कोषाध्यक्ष ममता मmा ,सदस्य गजेन्द्र यादव लगायतका सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here