खेतमा गीत गाउदै धान दिवसमा रोपाई

रौतहट : १५  गते  –  कृषि प्रधान देश को रूपमा परिचित नेपालमा आज धान रोपाई गरेर यो दिवस मनाईएको छ । आजका दिन बिशेष गरी दही चिउरा खाएर धान दिवस मनाइने प्रचलन पनि छ । १८ औ धान दिवस तथा रोपाईं महोत्सव को अवसरमा कृषि ज्ञान केन्द्र रौतहट द्वारा विबिध कार्यक्रम को आयोजना गरीयो । रौतहट को यमुनामाई गाउँपालिका को वडा नंवर १ जेठरहियामा धान रोपेर यो दिवस मनाईएको थियो ।
धान उत्पादन बृद्धि: खाद्द्यसुरक्षा आत्मनिर्भरता र समृद्धि मूल नारा सहित आयोजना गरीएको महोत्सवमा प्रदेश २ का भूमि ब्यवस्था , कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव प्रमुख अतिथि थिए । त्यसक्रममा उनले कृषि प्रधान देशमा कृषि र कृषकको उत्थानका लागि प्रदेश सरकार ले प्राथमिकता का साथ काम गरीरहेको बताए । कृषि उपजलाई बजार उपलब्ध गराउन र स्थानीय कृषकहरूको जीवनस्तरमा परीवर्तन ल्याउन प्रदेश सरकार ले बिभिन्न कार्यक्रम ल्याएको जानकारी उनले दिए ।
कृषि ज्ञान केन्द्र का प्रमुख अशोक कुमार सिंहले धान दिवस र रोपाई महोत्सव को महत्वमाथि प्रकाश पार्दै कृषि ज्ञान केन्द्र गौर ले चालेका कदमहरूको बारेमा जानकारी दिए ।
महोत्सवमा प्रमुख जिल्ला अधिकारी ईन्द्र देब यादव , प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाह, कृषि बिकास डिभिजन प्रमुख , नेपाल पत्रकार महासंघ रौतहट का अध्यक्ष प्रेमचन्द्र झा , कृषि ज्ञान केन्द्र का प्रमुख अशोक कुमार सिंह, रामकरण यादव , कम्प्युटर अपरेटर श्री निवास ठाकुर , खरदार नवलकिशोर झा लगायतका स्थानिय कृषक , जनप्रतिनिधि को उपस्थिति थियो ।

रोपाई महोत्सव मनाउने क्रममा सहभागीहरू खेतमा गीत गाउदै धान रोपाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here