रौतहटको चन्द्रपुरस्थित घोडी देवी मन्दिर परिसरमा गणेशको मन्दिर निर्माण हुने भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ विरेन्द्र राजमार्गसँगै रहेको घोडी देवी मन्दिर धार्मिक स्थलको रुपमा परिचित रहेको छ । मंगलबार एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरीले विधिवत रुपमा शिलान्यास गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बलिराम चौधरीले बताउनु भयो । गणेश मन्दिरको शिलान्यासमा मन्दिरका पुजारी बिष्णु देब मिश्राबाट पुजा पाठ गरि प्रमुख अतिथि तथा समितीका अध्यक्ष लगायत अन्य ब्यक्तित्वको हातबाट संयुक्त रुपमा शिलान्यास सम्पन्न गरिएको समितिका सचिव सुदिप गिरिले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष पासपत चौधरीले नगर ११ हजार ५ रुपिया सहयोग समेत गर्नु भएको छ । मन्दिर निर्माणका अभियान्ता बसन्त आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा पत्रकार सागर हुमागाइ, समितीका सचिब सुदिप गिरि, सदस्यहरु सुरेश मगर,बिनय चौधरी,लक्षमण चौधरी,लगायत भक्तालुहरु रामशरण गौतम, रुपक परियार सागर लम्सालका लगायतले सहभागीता जनाएका थिए ।