विपक्षीहरुका कारण केही बोरा राहत कुहिन लागेको थियो :- वडाध्यक्ष सनुप महतो

बिमलेश कुमार झा।साउन३२

वि.सं २०७८ साउन ३१ गते आइतबार बेलुका रौतहट जिल्लाको राजदेवि नगरपालिका वडा नं २ मा राहत वितरणका लागि आएको चामल, दाल, इत्यादि सामग्री कुहिएको समाचार बाहिर आएको थियो ।
यस विषयमा राजदेवि नगरपालिका वडा नं २ का वडा अध्यक्ष सनुप महतो सँग बुझ्दा राहत सामाग्री मध्ये केही बोरा विपक्षीका कारण समयमै वितरण गर्न नसकिएकोले कुहिएको महतोले बताए ।
प्रदेश सरकारबाट आएको ६७ बोरा चामल गाउको अति विपन्न परिवारलाई वितरण गर्न अपुग रहेको हुदा केही बोरा आफुले थप गरि वितरण गर्ने योजना बनाएको तर त्यही समयमा विपक्षीहरुले विभिन्न षड्यन्त्र रचि अख्तियारमा मुद्दा गरेका कारण १० महिनाको लागि निलम्बनमा परेको हुनाले यो राहत कुहिन सुरु भएको महतोले बताए ।
जति बोरा चामल कुहिएको छ त्यति बोरा आफूले किनेर गरिबलाई वितरण गर्ने पनि महतो ले बताएका छन । बिपक्षीहरुले समय समयमा बिभिन्न निहुमा मलाई फसाउने कार्य गर्दै आई रहेको र अनेक बहाना बनाई आफूलाई बदनाम गर्दै आई रहेको समेत बताएका छन ।
कुहिएको जति चामल मेरो व्यक्तिगत लगानीमा खरिद गरी जुन सुकै समयमा बितरण गर्न तयार रहेको र यसमा पनि बिपक्षीहरुले अनेक बहाना बाजी गरी असहयोग गरि राहत बितरणमा समेत राजनिति गरिरहेको वडाध्यक्ष महतोले बताउनु भयो । बिपक्षीहरुको स्वार्थी राजनितिका कारण राहत सामाग्री समयमा वितरण गर्न नदिएको र अहिले मलाई मात्र दोष दिने कार्य भई रहेको समेत महतोले दाबी गरेका छन ।

बिभिन्न षडयन्त्रका कारण म 10 महिना सम्म निलम्वनमा रहेकोले यस्तो अबस्थाको सृजना हुन गएको र थप राहत सामाग्री व्यक्तिगत लगानीमा वितरण गर्न तयार रहेको तथा आफनो गल्ती ढाकछोप गर्न वडाध्यक्षलाई बदनाम गर्न केही व्यक्ति लागि परेकोले वडाबासीलाई भ्रममा नपरी अफवाहको पछाडी नलाग्न समेत उनले आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here