बिमलेश कुमार झा
रौतहट भदौ ०१
वि.सं २०७८ साउन ३० गते देखि नै राहत कुहिएको विषयमा माधवनरायण नगरपालिका वडा नं ६ मा विभिन्न टीका टिप्पणी भएको हुँदा वडा नं ६ का वडा अध्यक्ष राजिव यादव सँग यस विषयमा बुझदा यो सबै टीका टिप्पणी विपक्षी दलका केही व्यक्तिले गाउँमा झुठो भ्रम फैलाएको र यो झुठो भ्रम फैलाउने व्यक्तिलाई कार्यवाही गर्छु भन्दै अध्यक्ष यादवले चेतावनी दिइएका छन् ।
यो वडा नं ६ मा करिब ७५० जना अति विपन्न गरिब परिवारका रेखामुनि रहेका र राहत १०० बोरा मात्रै रहेको र यो रहात विवादित भएका कारण अति विपन्न दलित गरिब परिवारलाई क्रिया काज, बाढ पिडित तथा तेस्रो लहरका निमित्त स्टक गरिएको यादवले बताए ।
पहिलो लहरमा आएको राहत अति विपन्न परिवार दलित र गरिबीको रेखामुनि रहेका व्यक्तिको नाम छनौट गरि ७५० जनालाई राहत वितरण गरेको यादवले बताए ।
तर दोस्रो लहरमा प्रदेश सरकार बाट आएको राहत यो नगरपालिकाको उपमेयरको मिलोमतोमा वडा अध्यक्षलाई बिना जानकारी दिई यस वडाका वडा सदस्य वीर विपुल साहले आफ्नो पार्टी तथा कार्यकारताहरुलाई करिब ३५० बोरा राहत मात्र वितरण गरि अध्यक्षलाई बदनाम गरेको यादवले बताए ।
जबकि यो वाडमा कमतिमा ७०० बोरा राहत वितरण गर्दा मात्रै याहाका सम्पूर्ण गरिब समेटिने छ भन्दै यादवले जानकारी गराउनु भयो ।
दोस्रो चरणको बाकि रहेको राहत करिब १७० बोरा चामल अध्यक्षलाई बिना जानकारी गराइ उपमेयर र सदस्य साहले वडा कार्यालयमा उक्त चामलका बोरा स्टक गरेको अध्यक्षले बताए ।
यो राहतलाई अति आवश्यक परेको व्यक्तिलाई करिब ७० बोरा चामल वितरण भइसकेको र १०० बोरा चामल बाकी रहेको र कुनै गरिबको क्रिया काज परे बापत वितरण गर्ने र बाढ पिडीत तथा तेस्रो लहरको भाइरसलाई लक्ष्यित गरि उक्त बोरालाई सञ्चित गरेको यादवले बताए ।
गत ५ दिन देखि लगातार पानी परिरहेको हुदा गत शनिबारको दिन केही विपक्षीले स्टोर रुमको झयाल तोडफोड गरि चामल कुहिएको भन्दै भ्रमक भिडियो बनाई मलाई बदनाम गरेको अध्यक्षले जानकारी गराउनु भयो ।
यस्तो समाचार बाहिर आउँदा चामलको बोरा खोलि हेर्दा न कुहिएको अध्यक्षले एउटा चामलको बोरा खोलि देखाउनु भयो ।
झ्याल तोडफोड गरेका कारण वर्षाको पानी झयालको माध्यम ले भित्र छिर्न गई केही बोरा खराब भयो भन्ने यो क्षतिको जिम्मेवार झयाल तोडने व्यक्ति हुने यादवले बताए ।
।
उक्त भनाइ बारे यस वडाका वडा सदस्य वीर विपुल साह सँग बुझन फोन सम्पर्क गर्दा निजको छोराले फोन उठाई निज सँग कुरा नगराएको बुझिएको छ।
त्यस्तै यस विषयमा याहाँका स्थानीय सँग बुझदा यो सबै विपक्षी दल द्वारा अध्यक्षलाई बदनाम गर्ने षड्यन्त्र मात्रै रहेको एक स्थानीयले बताए ।
यो रहत बारे भ्रमक टीका टिप्पणी भएको देखदा अति विपन्न परिवारका निमित्त र तेस्रो लहरका निमित्त स्टक गरिएको राहत एक दुई दिनमै अति गरिब विपन्न परिवारहरुको नाम छनौट गरि वितरण गरि दिने समेत यादवले बताए।
यो दोस्रो लहरको राहत कम रहेको र सबै गरिबलाई वितरण गर्न धौधौ परेको हुदाँ यो राहत विवादित देखिएको यादवले बताए ।
यस वडा का वडा सदस्य वीर विपुल साह र निजको समर्थकले आफनो गल्ती ढाकछोप गर्न वडाध्यक्षलाई बदनाम गर्न केही व्यक्ति लागि परेकोले वडाबासीलाई भ्रममा नपरी अफवाहको पछाडी नलाग्न समेत यादवले आग्रह गरेका छन ।