बिमलेश कुमार झा
रौतहट १८ भदौ
नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी रौतहटको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
कम्युनिस्ट आन्दोलनमा सहादत प्रप्त गरेका वीर सहिदहरु प्रति दुई मिनेटका लागि मौन धारण गरि उक्त कार्यक्रमका संचालक तथा नव गठित जिल्ला कमिटीका सचिव लक्षमण रेग्मीले संचालन गरेका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी, रौतहटको प्रथम बैठक रौतहट जिल्ला गौरको रामजानकी धर्मशालामा भव्यताका साथ सम्पन्न भएको हो।
पुरानै पार्टी नेकपा एमालेमा रहेका विभिन्न जिल्लाका पदाधिकारीहरुको कार्यकारी पदलाई पुःन निरन्तरता दिइएको हो।
नव गठित नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीमा मनोनयन गरिएका विभिन्न पदाधिकारीहरुले आज सपत ग्रहण गरेका छन् ।
सपथ ग्रहण कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो ।
पहिलो चरणमा अध्यक्ष पद देखि सह- सचिव सम्म र दोस्रो चरणमा जिल्ला कमिटी सदस्य गरि २२१ जनालाई मनोनयन गरि जिल्ला कमिटी विस्तार गरिएको हो।
नव गठित नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला कमिटीमा विभिन्न पदमा पदभार ग्रहण गरेका जस्तै रौतहट जिल्ला अध्यक्ष पदमा कमल राय यादव,उपाध्यक्षमा मितेश मिश्र, सचिव पदमा लक्षमण रेग्मी, सह- सचिवमा शेख कर्मुलाह लगायत कमिटीको सदस्यमा २१७ जनालाई उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका केन्द्रीय नेता एवम् नव गठित नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश नं २ का अध्यक्ष रामचन्द्र यादव द्वारा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएका थिए।
उक्त कार्यक्रमको नेतृत्व गर्नका निमित्त विभिन्न केन्द्रीय नेता जस्तै प्रमुख अतिथिका रुपमा नव गठित नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश नं २ का अध्यक्ष रामचन्द्र यादव, विशिष्ट अतिथिका रुपमा क्षेत्र नं ४ का पूर्व मा. रामकुमार भट्टराई तथा अतिथिका रुपमा क्षेत्र नं २ का प्रतिनिधि सभाका केन्द्रीय कमिटी सदस्य समिना हुसेन, क्षेत्र नं ३ ‘क’ का प्रदेश सांसद मा. नागेन्द्र यादव, क्षेत्र नं ४ को तत्कालीन नेकपा एमाले पार्टीको समानुपातिक बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कल्याणी खड्का, नव गठित नेकपा एकीकृत समाजवादी पार्टीका नेता सारला यादव, स्थानीय नेता शम्भु साह लगाएत हजारौं जनताहरु तथा विभिन्न संचार कर्मीहरुको उपस्थित बिच कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको अन्त्यमा नेकपा माओवादी पार्टी बाट १५ जनाले नव गठित नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
नव गठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल देशको संविधानलाई रक्षा गर्दै देशका जनताहरुको हकहितका लागि सधै तैयार रहने यस पार्टीका नेता रामकुमार भट्टराईले आफ्नो अभिव्यक्त द्वारा जानकारी गराए।
नव गठित नेकपा एकीकृत समाजवादी पार्टीलाई देशका सम्पूर्ण जनताहरुको साथ र सहयोग चाहिन्छ भन्ने उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण केन्द्रीय नेताहरुले आग्रह समेत गरेका छन्।