हातेमालो सामुदायिक वन उपभोक्ता समुहका सदस्य शालिग्राम न्युपानेले एक पत्रकारलाई दिए गालि। (अडियो सहित)


बिमलेश कुमार झा।
रौतहट २० भदौ

हातेमालो सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर रौतहटले गत १५ गतेदेखि २५ गते सम्म चल्ने गरि कार्यक्रम संचालन गरी हातेमालो सामुदायिक १६ औं साधारण सभा उपभोक्तालाई झुक्याएर गरिरहेको समाचार बाहिर आएपछि यस कार्यक्रमको एक सदस्य शालिग्राम न्युपानेले फोन गरि विभिन्न धाक धम्की दिई रौतहटका क्रियाशील पत्रकार संतोस काफलेलाई लाजमर्दो गालि गरेका छन्।

लगभग ६ सय ५० जना उपभोक्ता रहेका सो समुदायिक वनको साधारण सभा कोठामा आफ्नो पैनल तथा नजिकको उपभोक्तालाई समाहित गरि सभा गरि रहेको समाचार सम्प्रेषण भएको देखेर सदस्य न्युपानेले फोनमा धाक धम्की दिई मनलागि पत्रकार काफ्लेलाई गाली गरेका छन्।

यस कार्यक्रममा कति उपभोक्ता राख्ने प्रकृया रहेको बारे न्यौपाने सँग प्रश्न गर्दा यस कार्यक्रममा ७५० उपभोक्ता बिच कार्यक्रम सम्पन्न गर्ने नियम रहेको भए पनि कोभिडका कारण १५ गते दिखि २५ गते सम्म समूह अनुसार उपभोक्तालाई उपस्थित गराई कार्यक्रम संचालन गरि रहेको जानकारी दिए।

गत शनिबार राति हातेमालो सामुदायिक वन उपभोक्ता समुहले एक विज्ञप्ति निकाल्दै संतोष काफ्लेलाई विहान ११ बजे सम्म सामुदायिक वन कार्यालयमा उपस्थित भइ स्पस्टिकरण दिनु पर्ने तथा उपस्थित नभए कार्य समिति तथा उपभोक्ता सदस्य काफ्लेको घरमै पुगी छलफल गर्ने धम्की पूर्ण विज्ञप्ति उक्त कार्यक्रमको अध्यक्ष रामलाल ठोकरले समाजिक संजालका मार्फत जानकारी गराए थिए ।

वास्तविक दोषी माथि कार्यवाही गर्ने विभिन्न निकाय भएपनि आफैं उर्दी दिने कार्यलाई रौतहटका कृयाशिल पत्रकारहरुले गम्भिर रुपमा लिएका छन्।
वास्तविक दोषी को हो ? उपभोक्ता समुहका अध्यक्ष र अन्य पदाधिकारी या समाचार सम्प्रेषण गर्ने पत्रकार भन्ने समूहले छानबिन नै नगरी पत्रकारलाई नै सर्वसम्मत दोषी ठानि न्यौपानेले आफ्नो सामाजिक प्रतिष्ठाको समेत ख्याल नगरि अश्लिल गालि गरेको हुनाले निजलाई कानुन को दायरामा ल्याई कडा भन्दा कडा कार्यवाही गर्न पत्रकार काफ्ले ले माग गरेका छन्। छानबिन गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउनुको साटो सहि र सत्य समाचार सम्प्रेषण गरि आम जनमानसलाई सूचित गराउने पत्रकारलाई नै लक्षित गरि गालि गलौज तथा धम्की दिई उक्त समुहले फिल्मी शैलीमा दादागिरी प्रदर्शन गरिरहेको छ । बिगत केही दिन देखि रौतहटमा पत्रकारहरु लक्षित यस्ता गतिबिधि बढदै गएको छ । यस्ता कार्यहरु एवं प्रवृतिलाई निरुत्साहित गर्न तथा सुचना सम्प्रेषणको हकको सुनिश्चित गर्न पत्रकार महासंघले र सरोकारवाला निकायहरूले पहलकदमी लिन जरूरी छ । सरोकार बाला सबैको ध्यानाकर्षण होस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here