गाैर ।राैतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले हिजोको भन्दा फरक देखिन्छ प्रतिफल राम्रो आउने हिसाबले काम थालेको दाबी गर्नु भएकोछ ।जिल्लामा आएपछि पत्रकार संग विहिवार गर्नु भएको पहिलो अन्तरक्रियामा सुशासन र जिल्लाको शान्ति सुरक्षाका सवालमा पत्रकार -प्रशासन मिलेर काम गर्नु पर्ने कुरा राख्नु भयो ।आफु पत्रकार र मिडिया मैत्री भएको जानकारी दिदै आफुले हरेक किसिमले सहयोग गर्ने तयार छु वहाँले बोल्नु भयो । साे अन्तरकृिया कार्यक्रममा नेपाल पत्रकार महासंघ राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले सुशासनको क्षेत्रमा जिल्लामा धेरैकाम गर्न वांकी रहेको ,सरकारी कार्यालयमा सुचना अधिकारी नाम मात्रको ताेकिएको , काममा दिन प्रतिदिन अपारदर्शीता वढदै गएको ,जवाफदेहीताको कुरा गर्ने , सुचना माग्नेलाई शत्रु जस्तै व्यवहार गर्ने गरेकोले यसमा सुधारका लागि पहल गर्न माग गर्नु भयो ।
नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुरले जिल्लामा बर्सेनि पांच नगरपालिकाको प्रारम्भिक बातावरण परिक्षण प्रतिवेदन एउटै भए पनि मनमानी ढंगबाट नदि जन्य पदार्थको दोहन हुने गरेको, जिल्लामा रेहेका अबैध क्रसर उपर कार्यवाही हुन जरुरी रहेको, बोडर छेउमा खुलेका रक्सी भठ्ठीका कारण भारतिय अपराधीकाे नेपालमा आवागमन तथा आश्रय स्थल बनेकोले यसलाई निस्तेज पार्न प्रशासनलाई ठोस कार्य योजना बनाई अगाडि बढन माग गर्नु भयो । सुशासनका लागि सचिव ठाकुरले कोष तथा लेखा नियन्त्रण कार्यालयले स्थानिय तहहरु संग लेनदेनको आधारमा समय अगावै गर्ने निकासा राेक्नु पर्ने माग गर्नु भयो । जिल्लामा लाईन खोलेरै लक्ष्मीपुर वेलबिच्छवा, गाैर,महादेवपटि, बन्जरहा , औरैया, मठिया, रामपुरखाप नरकटिया र बंकुल नाबाट नेपाल प्रहरी , सशस्त्र प्रहरी र गाैर भन्सार कार्यालयको मिलिमतोमा तस्करी भईरहेको सचिव ठाकुरले दाबी गर्दै नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी संग माग गर्नु भयो । पत्रकार राकेश कुमार यादवले जिल्ला प्रशासन कार्यालयमा बढेको भिड घटाउने तर्फ परिणाम देखिने गरि काम होस । नापी तथा मालपोत कार्यालयमा बिना घुस काम नहुने प्रवृत्ति अन्त हाेस । प्रहरीले पुरानाे हतियार राखि निर्दाेषफसाउने काम राेकियाेस । विगतमा वरामद गरिएको पुरानो हतियार माैजदत संख्या र पक्राउ गरिएको व्यक्तिको संख्या यकिन गर्न माग गर्नु भयो ।सरकारी कार्यालयमा विगतमा प्रशासन कार्यालयबाट हुने छडके थालनी गर्न पत्रकार यादवले सुझाव दिनु भयो ।