गाैर ।राैतहटको वृन्दावन नगरपालिकाका लेखापाल सिताराम पालका कारण नगर कार्यालयको काम प्रति जनस्तरबाट गुनासो बढेका छन। नगरपालिकाले लिने कमिसनको अतिरिक्त पाललाई अग्रिम जामा नगरे सम्म लेखापालले भुक्तानी प्राेसेस सुरु गर्न दस थरि बाहाना र निकै आनाकानी गर्ने गरेको एकजना वडा अध्यक्षले जनकारी दिनु भयो । नगर प्रमुख रामसिनेही यादव समेत लेखापाल सिताराम पालको क्रियाकलापबाट पुर्ण रुपले सन्तुष्ट न रहेको बुझिएको छ । नगरप्रमुख यादव लेखापालपाललाई हटाउन पटक पटक कार्यालय प्रमूख नागेन्द्र यादवलाई सम्बन्धित निकायमा लेखी पठाउन निर्देशन दिईएको एक जना कार्यपालिका सदस्यले बताउनु भयो । सेटिङ्ग र कमिसनका लागि जस्तो सुकै काम गर्न हमेशा तयार रहने गरेका कारण लेखापाल पाललाई नि प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले संरक्षण गरेको जनप्रतिनिधिको आरोप छ । कार्यालयमा कमिसन लिन सहज नहुने भएको बाहानामा लेखापाल सिताराम पाल कार्यलय समयमा कहिलै कार्यालय न आउने गरेका छन । उठाएको कमिसनको रकम लुकाउन अनुकुल हाेस भनी घरबाटै काम गर्ने गरेका छन । नि कार्यालय प्रमुख यादवले पाललाई घरबाटै काम गर्नुको आलावा नगरपालिकाको तर्फबाट घर भाडा ब्योहोर्ने गरि चन्द्रनिगाहपुर र गरुडामा फ्लैट उपल्बध गराई लुकेर कमिशन उठाउन मलजल गरेका छब ।यी गतिविधिको बारेमा नि कार्यालय प्रमुख यादव संग सम्पर्क गर्दा हुन सकेन ।