गाैर ।राैतहटको बौधीमाई नगरपालिका वडा नम्बर ४ इनरवरी मा तीन जनाको घरमा आईतबार राति चोरी भएकोछ । अन्दाजी गए राति ११ बजे देखि १ बजे को समयमा”सेन्फोर्वा” हरुले चाेरी गरि लाखाैको सरसमान, लताकपडा तथा सुनचाँदीका चाेरी गरि लगेको समाजसेवी सकुर अन्सारी ले जानकारी दिएका छन्।स्थानिय राज नारायण शाह बानियाँ को घर बाट पेटी र कपड़ा चोरेर लागेको पीडितको भनाई रहेकोछ। त्यतै महन्नद यादव को घरबाट पनि कपड़ा र पैसा चोरेर लागेको छ। सबै भन्दा बढी क्षेती थारु यादव को घरमा भयेको छ,थारु यादव ले आफ्नो छोरी को बिहे गर्न को लागि “गहना,पैसा र महंगो महंगो कपड़ा राखेका थिए त्यो सबै चोरेर लागेको छ। निष्पक्ष छानबिन गरी दोषी लाई कारबाही गरियोस भनी पिडितहरुको माग रहेकोछ ।