बिमलेश कुमार झा
रौतहट। २०७८ फागुन ०१ गते
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले २७ औ जन युद्ध दिवस आज आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिन्देशवर यादवको नेतृत्वमा आज आइतबार बेलुका करिब ५ बजे रौतहटको मौलापुर नगरपालिका स्थित रहेको जन युद्ध पार्कमा रौतहटको लगभग २ सय भन्दा बढी वीर सहिदहरुको समझनामा वीर सहिद प्रति माला अर्पण गरि २७ औँ जन युद्ध दिवस बनाएको छ ।
विस २०५२ फागुनबाट माओवादीले शुरु गरेको जनयुद्धले नेपाली जनताबीच एउटा बैचारिक सन्देश सम्प्रेषण गर्यो । जसले गर्दा सबै जात–जाति, र भाषा–भाषी अनि वर्गिय बिभेदका पर्खालहरू तोडेर आफ्नो अधिकार र सिङ्गो राष्ट्रको लागि लड्ने एउटा हौसला प्रदान गर्दै अगाडि बढ्यो ।
जसको परिवर्तन अहिलेको गणतन्त्र नेपालको स्थापना भएको छ ।
जनयुद्धमा ज्यान गुमाउन पुगेका शहीदहरूको सम्झनामा दुःख श्रद्धा र घाइते, अपाङ्ग , बेपत्ता र शहीद परिवारको सम्मान गर्दै कार्यक्रम शुरूवात भएको थियो ।
लैङ्गिक , जातिय ,क्षेत्रिय मुख्यतया वर्गिय विभेद रहित समान अवसरको लागि ‘जनवादी सत्ता’ को लागि बन्दुक ऊठाएको माओवादी युद्ध २०६२–६३ को जन आन्दोलन पश्चात ‘संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल’ मा समाहित भएको थियो । यस उपलब्धी संगै देशमा जारी जन युद्धको शान्ति पूर्ण अवतरण गरिएको थियो ।
हजारौं नेपाली आमाका सन्ततीको बलिदान र नेकपा एमाले, नेपाली कांग्रेस लगायतका सात दलको शान्ति पुर्ण जनआन्दोलनको बल र सहमतिको आधारमा सामन्तवादको प्रतिक २५० बर्ष पुरानो शाहबंशिय राजतन्त्र लाई फाल्न सफल हुँदै नयाँ संविधान निर्माण गरि तीन तहको सरकार निर्धारण गर्न सफल भएको छ। देश समाजबाद ऊन्मुख हुँदै अघि बढेको छ ।
यो परिवर्तन जनयुद्ध र प्रजातान्त्रिक आन्दोलनको बलमा भएको हुँदा जनयुद्धलाई परिवर्तनको प्रमुख बाहकको रुपमा लिईन्छ । आज जुन संघीय गणतन्त्र नेपाल भएको छ । हजारौं सहिद, घाइते,अपांग, राजनीतिक नेतृत्वको देन हो । त्यसैले जनयुद्ध दिवस मनाउन अत्यन्तै महत्त्वपूर्ण रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवले बताए ।
जनयुद्ध दिवस कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिन्देशवर यादवले गरेको थियो ।
भोला पाणडेको उद्घोषणमा स्वागत मन्तव्य मौलापुर मेयर प्रतयासी धिरज पटेलले राखेका थिए ।
कुनै पनि वीर सहिदहरुको घरमा समस्या परे नेकपा माओवादी केन्द्रले समाधान गर्ने यादवले मन्तव्य राखेका थिए।
मौलापुरमा आयोजित कार्यक्रममा मौलापुर नगरपालिका मेयर प्रतयासी धिरज पटेल,वडा नं १ को वडा अध्यक्ष रामप्रवेश यादव, वडा नं ६ का वडा अध्यक्ष उपेन्द्र जैसवाल, वडा नं १ को वडा सदस्य बबिता पाण्डे लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति बिच कार्यक्रम सम्पन्न भएको थियोे ।