बिमलेश कुमार झा
रौतहट। फागुन ०१गते
अहिले देशमा चर्चाको विषय बनेको mcc विरुद्धमा युवा संघ नेपालले गौरमा प्रदर्शन गरेको छ । युवासंघ नेपालका जिल्ला अध्यक्ष बालकृष्ण श्रेष्ठको नेतृत्वमा आज आइतबार गौरमा विशाल प्रदर्शन गरिएको हो ।
नेकपा एसको राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला गौरमा mcc कुनै हालतमा लागू हुदैंन, राष्ट्रघाती MCC चाहिदैन,देश बेच्न पाईदैन !,अमेरिकी मन्त्रीको फोन आतंक चाहिदैन,
भन्दै सरकार विरुद्ध चर्को नाराका साथ प्रदर्शन गरिएको छ ।
गौरको बिपि चौक देखि कार्यक्रम सुरु भइ रामजानकी धर्मशाला हुदै पूःन बिपी चौकमा फर्कि कोन सभामा परिणत भएको थियो ।
पर्दर्शन पछि गौरको बिपी चौकमा आयोजित कोणसभामा युवा संघ नेपालका जिल्ला अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन सिंह , केन्द्रीय सदस्य रामकल्याण यादव,नमोनरायण झा, बजरंगि यादव, प्रविन पटेल लगायत हजारौंको सहभागिता रहेको थियो।
mcc लागुभएपछी नेपालको अवस्था अफगानिस्तान जस्तै हुने भएकाले यसलाई रोक्न सबै युवा एकजुट हुनुपर्ने उनिहरुले भनाइ रहेको थियो ।
प्रधानमन्त्री देउवाले बल प्रयोग गरेर जबर्जस्ती mcc को सम्झौता गरेमा देशमा ठुलो अशान्ति हुने वक्ताहरूले चेतावनी समेत दिएका थिए ।