बिमलेश कुमार झा
रौतहट ।२०७८ फागुन ०४ गते
नेकपा एकीकृत समाजवादी रौतहट जिल्ला कमिटी उपाध्यक्ष प्रदिप यादवले पार्टीबाट केही अन्तरघाती तथा गलत प्रक्रियावादीहरु वाहिरीदा आउदो स्थानीय तहको चुनावमा हाम्रो पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
विगतको चुनावमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला भए पनि १८ वटै पालिकामा हरेस खानुपर्ने प्रति गम्भीर हुदै तत्कालीन नेकपा एमालेमा ओलि प्रवृत्तिका बेक्तिहरुका कारण यस्तो समस्या आएको र अब पार्टी विभाजन पछि हामी शुद्ध र संगठनात्मक भएको नेता यादवले टिप्पणी गर्दै आउदो निर्वाचनमा नेकपा एस विभिन्न पालिकामा चुनाव जित्ने दाबी गरेका छन्।
श्रद्वे माधवकुमारलाई झुकाबमा पार्न नेकपा एमालेका अध्यक्ष केपी ओलिको गुटले हामी सँग धोका गरेको नेता यादवको भनाइ छ।
नेता यादवले स्थानीय तहको निर्वाचन नजिक्दै गर्दा विभिन्न दलका नेताहरूले जनताहरुलाई विभिन्न प्रलोभन तथा झुठो सपना देखाइ चुनाव जित्ने सपना देखि रहेको हुनाले नेताहरुको कार्यको मूल्यांकन गरि मत हाल्न रौतहटका जनता तथा विशेषगरि बौधिमाईका जनतासँग अपिल गर्नु भयो ।
नेपालको वर्तमान राजनीतिकमा अधिकांश पार्टीका नेताहरुले परिवारवाद,जातिबाद,कृपाबाद,नाताबादमा बढी अग्रसर देखिएको हुनाले यसबाट जोगन यहाका जनतासँग यादवले अपिल गरे।
रौतहटको बौधिमाई नगरपालिका भित्र शिक्षा,स्वास्थ्य,यातायात सडक पूर्वाधार लगायतका विकास कार्यमा भएको चरम भ्रष्टाचार,अनियमितता बारे नेकपा एकीकृत समाजवादी रौतहट जिल्ला कमिटी उपाध्यक्ष प्रदीप यादवले विभिन्न तथ्य यकिनका साथ खुलासा गरेका छन्
यस् पालिकाको सम्पूर्ण जनप्रतिनिधिको बिकासबट नेता यादवले असन्तुष्टि जनाउँदै आफू मेयर पदमा उठने समेत घोषणा गरेका छन्।
अबको केही समयमा यस् नपा भित्र रहेका सम्पूर्ण कार्यलाई टिपोट गरी जनताको अदालतमा पेस गर्ने यादवले खुलासा गरे।
आफू निर्वाचन लडदा चुनावमा जानू पूर्व ५ वर्षमा गर्ने विकासकार्यको योजना बनाइ जनता समक्ष खुलासा गर्ने यादवले जिकिर गरे।
जनतामा रहेको संलग्नता र कार्यको मूल्यांकन गरि यहाँका जनताले मलाई भारि मतले विजयी गराउने नेता यादवले विश्वास जनाएको छ।