म नेकपा एमालेको कुशल सिपाही हुँ:कनिस पटेल


बिमलेश कुमार झा
रौतहट। २०७८ फागुन ०६
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु केन्द्रीय सचिव,मधेस प्रदेश इन्चार्ज एवम् बौधिमाई नगर कमिटी अध्यक्ष कनिस पटेलले एक पत्रकारसँग अन्तर्वार्ता दिदै आफू पार्टीको बफादार एवम् कुशल सिपाही रहेको दाबी गरेका छन।
नेकपा एमालेसँग लामो राजनीतिक इतिहास बोकेको पटेलको घर हो ।

उनको घरमा पञ्चायती व्यवस्थाको समयमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिले लामो समयसम्म बसोबास गरेका थिए ।

नेता पटेल नेकपा एमालेसँग ऐतिहासिक सम्बन्ध रहेकाले यस् पार्टीबाट आउदो स्थानीय तहको निर्वाचनमा बौधिमाई नगरपालिकाको मेयर पदको आकांक्षी रहेको खुलासा गर्दै पार्टीले टिकट नदिए पार्टीको निर्णयलाई मान्दै अगाडि बढने समेत उल्लेख गरेका छन्।

रौतहटको बौधिमाई नगरपालिका भित्र पटेलको मेयर पदको लागि व्यापक रुपमा चर्चा हुदै गरेको स्थानीयले जनाएका छन् ।

नगर कमिटी अध्यक्ष पटेलले देशको समृद्धि,उन्नति,एवम् समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल पार्ने भिजन नेकपा एमालेको श्रदय अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेकाले आगामी चुनाव पछि देशमा नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे।

नेता पटेलले स्थानीय तहको निर्वाचन नजिक्दै गर्दा विभिन्न दलका नेताहरूले जनताहरुलाई विभिन्न प्रलोभन तथा झुठो सपना देखाइ चुनाव जित्ने सपना देखि रहेको हुनाले नेताहरुको कार्यको मूल्यांकन, शिक्षा,स्वास्थ्य,रोजगारी कृषि लगायत क्षेत्रमा उन्नति गर्ने भिजन भएको नेतालाई मात्र आफ्नो अमूल्य मत हाल्न रौतहटका जनता तथा विशेषगरि बौधिमाईका जनतासँग अपिल गरेका छन् ।
नेपालको वर्तमान राजनीतिक घटना क्रमलाई केलाउदा अधिकांश पार्टीका नेताहरुले परिवारवाद,जातिबाद,कृपाबाद,नाताबादमा बढी अग्रसर देखिएको हुनाले यसबाट जोगन यहाका जनतासँग पटेलले आग्रह गरेका छन्।

रौतहटको बौधिमाई नगरपालिका भित्र शिक्षा,स्वास्थ्य,यातायात सडक पूर्वाधार लगायतका विकास कार्यमा भएको चरम भ्रष्टाचार,अनियमितता बारे नगर कमिटी अध्यक्ष पटेलले विभिन्न तथ्य यकिनका साथ खुलासा गरेका छन्

आफू निर्वाचन लडदा चुनावमा जानू पूर्व ५ वर्षमा गर्ने विकासकार्यको योजना बनाइ जनता समक्ष खुलासा गर्ने पटेलले उल्लेख गरे। बौधिमाई नगरपालिकाको निर्वाचित सम्पूर्ण जनप्रतिनिधिको बिकासबट नेता पटेलले असन्तुष्टि जनाउँदै आउदो निर्वाचनमा यस् पालिकामा नेकपा एमालेको नेतृत्व हुने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here