चार दिन बितिसक्दा पनि मिश्र र झाले तोडेन अनसन।


बिमलेश कुमार झा
रौतहट। २४ फागुन २०७८
रौतहटको सदरमुकाम गौरमा रहेको श्री जुद्ध माध्यमिक विद्यालयमा गत शुक्रबारको दिन विद्यार्थीहरुले कागजात र केही फर्निचरहरुमा आगो लगाई नष्ट गरे पछि केही बेर विद्यालय क्षेत्र तनावग्रस्त भएको थियो। घटनाको बिषयलाई लिएर अनेरास्ववियु केन्द्रीय सदस्य र मधेस प्रदेश कमिटी सचिव रबि मिश्र र जिल्ला संयोजक आशिष झा लगायत चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। झा र मिश्रले पक्राउ परेको दिन देखि नै थुनामा नैअन्सनमा बसेको अनेरास्ववियु केन्द्रिय सचिव एवं मधेस प्रदेश इन्चार्ज कनिस पटेलले जानकारी गराएका छन।
अन्सनमा बसेको दुई दिन बित्दा मिश्र र झाको स्वास्थ्य अवस्था कमजोर हुदै गएकोले जिल्ला अस्पतालमा प्रहरीको निगरानीमा आज सम्म सलाइन चढाउने काम भइरहेको युवा नेता पटेलले जानकारी गराएका छन्।

श्री जुद्व माविको प्र.अ. चन्देश्वर राउतले मिश्र माथि अपराध उपद्रव समेतको किटानी जाहेरी दिइएको र सोही आधारमा प्रहरीले पक्राउ गरि हिरासतमा राखि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी थुनुवा पत्रमा उल्लेख गरिएको छ।
अङ्ग्रेजी माध्यममा अध्यनरत विद्यार्थीहरुसँग यस् विद्यालयले विभिन्न शिर्षकमा चर्को शुल्क लिने गरेको सन्दर्भमा पटकपटक विवाद हुदै आएको जगजाहेर छ।
शिक्षा ऐन २०२८ मा शुल्क सम्बन्धि व्यवस्था गरेको छ।
उक्त कुरालाई ध्यानमा राखि रौतहटको गौर नगरपालिकाले मिति २०७७/०७/२४ गते निर्देशन पत्र जारि गर्दै कुनै पनि शिर्षकमा कुनै बहाना बनाइ शुल्क असुल गर्न सख्त निशेध गरेको थियो तर वर्ष न बित्दै मिति २०७७/८/०९ र २०७८/३/२१ मा विभिन्न शिर्षक उल्लेख गरि चर्को शुल्क लिएको प्रमाण फेला परेको थियो ।

विद्यार्थीसँग चर्को शुल्क लिएको प्रमाण फेला परे पनि नगरपालिकाले विद्यालय माथि कुनै काम कार्यवाही अगाडि न बाढाई आवाज उठाउने युवाहरुमाथि नै षड्यन्त्रको बीउ रोप्न थालेको मिश्राले बताए ।

विद्यालयको मनपरि रवैयालाई नगरपालिकाले पनि आन्तरिक समर्थन गरिरहेको मिश्राले आरोप लगाएको हो।

मिश्राले विद्यार्थीहरुको जीवनसँग प्रत्यक्ष रुपमा खेलवाड गरिरहेको प्र.अ. राउतलाई कार्यवाही नगरि नगर प्रमुख अजय गुप्ताले मुकदर्शक बनेको आरोप लगाएको छ।

विद्यालयको प्र.अ.राउतले स्कुलको गतिविधिमा ध्यान नदिइ फेसबुक स्टाटस मार्फत विभिन्न धाकधम्की दिएको प्रमाण फेला परेको छ।
उक्त कुरा बुझ्न प्र.अ. राउतसँग फोन सम्पर्क गर्दा फोन सम्पर्कमा नआएको बुझिएको छ।

चार दिन देखि अनसनमा बसेका मिश्रा र झाले निर्णायक आन्दोलन गर्ने बताएका छन्। जबसम्म विद्यालयको शुल्क बारे समस्या समाधान हुदैन तबसम्म हाम्रो अनसन कार्य जारी रहने बताएका छन् ।
आफूलाई केही भए प्रशासन जिम्मेवार हुने समेत उल्लेख गरे ।

यदि यहीँ रवैया निरन्तर रुपले चलिरहयो भन्ने यसमा पढ्ने सम्पूर्ण विद्यार्थीहरुको जीवन धरापमा पर्ने एक विद्यार्थीले चिन्ता जताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here