बिमलेश कुमार झा
रौतहट। ३० फागुन २०७८
रौतहटको प्रादेशिक अस्पताल गौरमा हाइड्रोसिलको अप्रेसन नि:शुल्क हुने भएको छ।
रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरको नि.प्रमुख कृष्णा साहले गत माघ देखि हाइड्रोसीलको अप्रेसन नि:शुल्करुपमा सुरु भइ असार मसान्तसम्म चल्ने बताएका छन्।
प्रमुख साहले माघ देखि हालसम्म १४ जनालाई सफल अप्रेसन भएको र असार मसान्तसम्म सम्म ७५ जनालाई अप्रेसन गर्ने हाम्रो लक्ष्य रहेको तथा यो रोगबाट पीडित अन्य जिल्लाको बिरामी आए पनि रोक नलगाईने जानकारी गराएका छन्।
यस् अस्पतालमा दैनिकरुपमा १० वटा सुत्केरी अप्रेसन सफल रुपमा भइरहेको साहले जनाए ।
रौतहटको प्रादेशिक अस्पताल गौरको सभा हलमा पत्रकारसँग छोटो र मीठो अन्तरक्रिया कार्यक्रम बिच प्रमुख साहले फिजीयो थेरापी, हाड फेक्चरको ठूलो मेसिन, बेहोस गर्ने मेसिन लगायत विभिन्न रोगको सहज रुपले उपचार गर्ने मुख्य मुख्य मेसिनको अभाव रहेकोले सो मेसिनको लागि प्रदेश आपुर्ति केन्द्रमा माग गरेको समेत जानकारी गराएका छन्।
हाइड्रोसीलको बारेमा उपस्थित डाक्टरहरुले आ-आफ्नो धारणा राखेका थिए।
परिचय :
दुइटा साँप्रा का बीच मा झुण्डिएको थैलो लाई नेपाली मा अण्डाशय र अंग्रेजी मा scrotum भनिन्छ । यही अण्डाशय भित्र दुई तिर दुइटा डल्लाहरु हुन्छन् जसलाई हामी अण्डकोष भन्छौं । इनलाई अंग्रेजी मा testicles भनिन्छ । अण्डकोष पुरुष को प्रजनन ग्रन्थी हो । एसले शुक्रकीट बनाउने तथा हर्मोन को उत्पादन गर्ने काम गर्दछ । यही अण्डकोष कहिलेकाहीं पानी भरिएर सुन्निन्छ र अण्डाशय सामान्य भन्दा ठूलो देखिन्छ जसलाई हामी हाइड्रोसिल भएको भन्छौं । यो पुरुष लाई मात्र हुने समस्या हो । जुन अण्डहरु तल झुण्डिएका देख्छौं ती गर्भावस्था को सातौं महिना भन्दा अगाडी अण्डाशय भन्दा माथी पेट को तल्लो भाग मा रहेका हुन्छन् । गर्भको सातौं महिना मा ती तल अण्डाशय मा झर्छन् । तेसरी झर्दा बनेको पेरिटोनियम नाम को एक किसिम को पत्र अण्डकोष र केही पानी सँगै तल झर्दछ । एसरी तल झर्दा बनेको प्वाल पछि बिस्तारै बन्द भएर जान्छ । पेरिटोनियम भित्र को पानी पनि सोषिएर सकिन्छ । तर कहिलेकाहीं यही प्वाल बाट पानी झर्ने र अण्डकोष मा पानी भरिने समस्या देखा पर्न सक्छ । यो बच्चाहरु मा बढ्ता देखिने समस्या हो । दश प्रतिशत बच्चाहरु जन्मँदै अण्डाशय मा केही पानी लिएर जन्मन्छन् । तिनीहरु मा यो कुनै ठूलो समस्या होइन । त्यो बिस्तारै सुक्दै जान्छ र आफसेआफ निको हुन्छ । तर अल्लि ठूलो भए पछि बाल्यावस्था मै अण्डाशय मा पानी जम्यो भने उपचार गर्नुपर्ने पनि हुन सक्छ । कतिपय लाई ४० वर्ष पछि हाइड्रोसिल को समस्या देखिने गरेको छ ।
हाइड्रोसिल दुई प्रकारका हुन्छन् –
कम्यूनिकेटिङ, Communicating : अण्डकोष तल झर्दा बनेको प्वाल राम्ररी बन्द नभएको अवस्था मा माथी बाट पानी चुहेर हुने हाइड्रोसिल लाई कम्यूनिकेटिङ हाइड्रोसिल भनिन्छ ।
ननकम्यूनिकेटिङ, Non-communicating : अण्डकोष तल झर्दा बनेको प्वाल बन्द भए पनि पेरिटोनियम पत्र भित्र पानी जमेर हुने समस्या लाई ननकम्यूनिकेटिङ हाइड्रोसिल भनिन्छ।
कारण :
अण्डकोष सुन्निने सबै कारणहरु हाइड्रोसिल होइनन् । हाइड्रोसिल बाहेक अण्डकोष संक्रमण, हर्निया, ट्यूमर, चोटपटक, भ्यारिकोसिल, हात्तीपाइले आदि अनेक कारणहरु अण्डकोष सुन्निनु सँग जिम्मेवार हुने गर्छन् । अण्डकोष सुन्निनु का विभिन्न कारण मध्ये हाइड्रोसिल सबैभन्दा सामान्य कारण हो । यो अरु कारणहरु जस्तो गम्भीर समस्या होइन । पुरुषहरु ले कुनै न कुनै समय मा हाइड्रोसिल का कारण अण्डकोष सुन्निएको महसूस गरेका हुन सक्छन् । हाइड्रोसिल हुनुका कारणहरु निम्न छन् –
बच्चाहरु मा हाइड्रोसिल हुने मुख्य कारण भनेकै अण्डकोष पेट बाट तल झरेको प्वाल पुनः खुलेर वा राम्ररी बन्द नभएर त्यहाँबाट पानी चुहुनु हो । यसलाई Congenital Hydrocele भनिन्छ ।
वयस्कमा वा अन्य उमेर समूह का पुरुषहरु मा पनि बच्चाहरु मा जस्तै पेरिटोनियम पत्र भित्र पानी जम्नाले हाइड्रोसिल हुने गर्दछ ।
एसको मुख्य लक्षण भनेकै दुवै तर्फ वा एकातर्फ को अण्डकोष सुन्निएर अण्डाशय ठूलो र पोटिलो देखिनु हो । हाइड्रोसिल का कारण सुन्निएको अण्डकोष ले गर्दा हिँडडुल गर्न सामान्य अपठेरो महसूस भए पनि यो दुख्ने वा टन्कने गर्दैन । छुँदा वा चलाउँदा पनि सामान्य अवस्था मा जस्तै कुनै पीडा दिँदैन । बढी ठूलो भयो भने हिंडडुल गर्दा अण्डकोष गह्रौं भए जस्तो आभास हुन्छ ।
यदि कम्यूनिकेटिङ प्रकार को हाइड्रोसिल रहेछ भने अण्डकोष लाई अँठ्याउँदा पानी पेट तिर सर्छ र केही समय का लागि आकार घट्न जान्छ । तेसैगरी एस प्रकार को हाइड्रोसिल दिउँसो मा केही ठूलो हुने साँझ मा घट्ने गर्दछ । तर नन कम्यूनिकेटिङ प्रकार को हाइड्रोसिल दिनभरि नै समान आकार को रहन्छ ।
प्रमुख साहले नेपालीहरुले मनाइने महान उत्सव होलीको शुभकामना दिदै हाइड्रोसीलको अप्रेसन विरगंज , काठमाडौ या छिमेकी राष्ट्र भारतमा गराउदा २० देखि ३० हजार सम्म खर्च गर्नुपर्छ तर यस् प्रादेशिक अस्पतालमा नि:शुलक रुपमा अप्रेसन भइरहेले यो सुचना विभिन्न मिडिया मार्फत जिल्ला वासी समक्ष सुचित गरिदिन उपस्थित सम्पूर्ण पत्रकारहरुसँग आग्रह गरेका थिए।
उक्त कार्यक्रममा जन स्वास्थ्य निरीक्षक मनोज कुमार ठाकुर, वरिष्ठ सर्जन फिरोज अन्जु, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, प्रदेश सदस्य शैलेन्द्र झा लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।