आवश्यकता र प्राथमिकता नै बिनोद पटेल ”

रौतहट/वृन्दावनले थुप्रै नेतालाई हेरि सकेको छ । बृन्दावनलाई सबैले ठगेका मात्रै छन् ।

आउँदो वैशाह ३० मा हुने स्थानीय तहको चुनावमा बृन्दावनको मेयरको लागि को उत्तम भने चर्चा चलेसंगै सबैको ओठमा नछुट्ने नाम ‘बिनोद पटेल’ भएको छ।

वृन्दावनको मेयरका लागि उम्मेदवारहरुको चर्चा चल्दै गर्दा युवादेखि अग्रजसम्मको ओठमा एउटै नाम छ ‘ बिनोद पटेल ’।

धर्मेन्द्र पटेल (युवा नेता) एकीकृत समाजवादी ,रौतहट
हुन् पनि कसरि नहोस् ? विकल्प पनि त छैन। व्यापक बेरोजगारी रहेको रौतहटको बृन्दावनको अवस्था परिवर्तन गर्न बिनोद पटेल उत्तम रहेको चर्चा यथाह चलेको छ।
९ वडा रहेको बृन्दावन नगरपालिकामा
वडाहरु अझै पनि नाम मात्रैको नगर तर जीवनशैली भने गाउँले नै रहेको छ। हो ती गाँउ-गाँउ देखी बजारसम्म एउटै नाम गुञ्जिरहेको छ , बिनोद पटेल

यतिमात्रै नभई काँग्रेस र मधेसी दलका कार्यकर्ता समेत बृन्दावनको लागि पार्टी भन्दा माथि उठेर यसपाली बिनोद पटेल लाई नै मौका दिने भने कुरा चलेको छ।

पछिलो ४/५ वर्षमा बृन्दावनको लागि गरिएको अपेक्षा अधुरो रहेकोले बृन्दावन लाई एउटा मजबुत नेता चाहिएको छ। कर्मचारीको छाडापन र नगरपालिका भ्रष्टाचारको अड्डा बनेको छ,जसका कारण सर्वसाधारण गरीब र मध्य वर्गका जनताहरु सरकारी सुबिधा पाउनबाट वन्चित हुनुको साथै असहज जीवन बिताउन बाध्य छन् ।

यस्ता विकृति सुधार गर्न बिनोद पटेल नै उत्तम रहेको कुरा जनता बुझिसकेका छन् ।
बृन्दावनमा शिक्षा माफिया र स्वास्थ्य माफियाहरूको आतङ्क कायमै छदा नगरको कृषि क्षेत्र अति नै पिछडिएको छ। धान-गहुँको बिउ साथै कृषि उत्पादन जन्य सामग्री,उपकरण आदि समेत नगरका किसानले पाउन सकेका छैनन् पाए पनि मेयर र वडा अध्यक्षका आसेपासेले मात्रै पाएका छन्। हो यो कृपावाद हटाउन बृन्दावनको मेयरमा बिनोद पटेलको आवश्यकता यहाँका जनताले बुझेका छन्।

सफाईकर्मी पर्याप्त भएको नगरमा फोहोर रहित सडक फेला पार्न असम्भव छ। सरसफाई सफाईकर्मी हुँदाहुँदै कमिशनको लालचमा फोहोर व्यवस्थापन गर्न टेण्डर हुन्छ यहाँ ,हो त्यहीं कमिशनको खेल समाप्त गर्न बिनोद पटेल नै चाहिन्छ भनेर बृन्दावनवासीहरुको चेतना बढेको छ।

तसर्थ मधेश प्रदेश रौतहटको बृन्दावन नगरपालिका मेयरको रुपमा बिनोद पटेल न आए कुनै विकल्प छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here