८.महागौरी – अष्टमी तिथिको दिन महागौरी भगवतीको पुजा आराधना गरिन्छ।

१७ चैत। यस दिन पुजा आराधना गरेमा सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पुर्ण सुख शान्ति प्राप्त हुने कुरा बताइएको छ ।
९. सिद्धिदात्री – नवमी तिथिको दिन सिद्धिदात्रीको पुजा आराधना गर्ने गरिन्छ।सिद्धिदात्री भगवतीलाई घ्यू चढाएर पुजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख गरिएको छ।
१०. विजय दशमी – सप्तधान्य ( जमरा , जयन्ती ) क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।सप्तधान्य अन्कुर देवि दुर्गाको अत्यन्तै प्रिय भएकाले सप्तधान्य रोपण गरि दुर्गा देवीलाई चढाएर दशमीको दिन टीका प्रसाद संगै समृद्धिको प्रतीक पहेलो जमरा ग्रहण गरिन्छ।
यसवर्षको गुप्त चैत्र नवरात्रको विजया दशमी अर्थात् टीका चैत्र २८ गते सोमबार परेको छ ।यसदिन कामेश्वर सिंह संस्कृत विश्वविद्यालयद्वारा निर्मित विश्वविद्यालय पन्चाङ्ग अनुसार बिहान ०५-४४ मिनेटमा सुर्योदय हुनेछ भन्ने सुर्यास्त बेलुका ०६-१६ मिनेटमा हुनेछ।सुर्योदय देखि सुर्यास्त सम्मको समयावधिमा उत्तम वारवेलालाई सुर्योदय र सुर्यास्त आधार मानेर टिकाको शुभ साइत निर्धारण गरिएको छ।
हिन्दु परिषद नेपाल – प्रवक्ता ज्यो. कृष्णकान्त शास्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here