प्रेमलाल साहले गरे मेयर पदमा उमेदवारीको घोषणा, कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने।


बिमलेश कुमार झा
२१ चैत २०७८
रौतहट। नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको मेयर पदमा प्रेमलाल साहले उमेदवारी घोषणा गरेका छन्।

पत्रकारसँगको संक्षिप्त अन्तरक्रियामा मेयर पदको लागि उमेदवारी घोषणा गर्दै देवाही गोनाही नगरपालिका एउटा ग्रामीण क्षेत्र रहेकाले उन्नत जातको बिउ ल्याइ कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने बताएका छन्।

वर्तमान आवश्यकताको रुपमा रहेका प्राविधिक शिक्षालाई विशेष जोड दिने, सिचाइका लागि नहर, मोटर, बोरिङ बिजुली लगायतका विकास एजेन्डाहरु सार्वजनिक गरेका छन्।


तत्कालीन नेकपा माओवादीबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा थोरै मतले पराजित भए पनि जनताको कामकाजमै यी पाँच वर्षको समय बिताएका प्रत्यासी साहले उल्लेख गरेका छन्।

प्रत्यासी साहले देवाही गोनाही नगरपालिकाका निर्वाचित मेयरले कुनै पनि क्षेत्रमा विकास नगरेकाले शिक्षा, स्वास्थ्य, रोजगारी,सिचाइ, सडक पूर्वाधार विकास लगायतका कार्यको भार हामी माथि नै रहेका बताएका छन्।
यदि पार्टीले मौका दिएमा यस् पालिका क्षेत्रमा नेकपा एमालेको लाल किला गाडने समेत साहले दाबी गरे।
आफ्नो उम्मेदवारी सबै वर्ग समुदायका नगरबासीहरुको समग्र विकासको लागि हुने र आफुलाई सवै नगरबासीहरुको समर्थन रहेको साहले बताए।
५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ। निर्वाचन आउन अब ३८ दिन बाँकी छ । देशको हरेक स्थानीय तहमा चुनावको वातावरण बन्दै गएको छ । विभिन्न राजनीतिक दलनिकट रहेका प्रतिनिधिहरुले जनता बीच आ-आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्ने क्रम पनि बढाएका छन्।

दलहरुमा मेयर, उपमेयर, अध्यक्ष, सदस्यलगायत पदका आकाङ्क्षीहरूको सङ्ख्या पनि निकै ठूलो देखिन्छ ।

रौतहट जिल्लाका १८ वटै स्थानीय तहका विभिन्न दलका नेताहरु प्रमुख बन्ने आकाङ्क्षा बोकेका छन् । मेयरको टिकट पाउने आशमा दलनिकटका स्थानीय नेताहरू यति बेला पार्टी परिवर्तन गर्न समेत लागिपरेका देखिन्छ। टिकट कै लागि राजपुर न पा का मेयर शेख सकिल नेपाली कांग्रेस‌ त्याग गरी एमाले प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here