१५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडको खोप लिन स्वास्थ्य कार्यालयको आग्रह


बिमलेश कुमार झा
२४ चैत २०७८
रौतहट। १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडको खोप लिन एक कार्यक्रम बीच स्वास्थ्य कार्यालय रौतहटले आग्रह गरेका छन्। रौतहटको जिल्ला प्रशासन कार्यालयको सभाहलमा बुधबार स्वास्थ्य कार्यालयद्वारा आयोजित जिल्ला खोप समन्वय समिति तथा पत्रकार ज्यूहरुको गोष्ठी कार्यक्रममा ६ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडका खोप लिन स्वास्थ्य कार्यालय प्रमुख सुरेश यादवले आग्रह गरेका छन्।
टाइफाइडका खोप लगाए नलगाएका सम्पूर्ण बच्चालाई एउटा डोज लिनैपर्ने तर पुष्टि भएको एडस, पोलियो, हाल उच्च ज्वरो लागेको गर्भवती तथा सिकिस्त महिलालाई खोप नलागने समेत स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए।
टाइफाइड संक्रमणदर यसै उमेरमा अत्यधिक फेला परेकाले यस् उमेलाई विशेष प्राथमिकताका साथ खोप लगाइरहेको यादवले बताए ।
यो कार्यक्रम विशेष गरि विद्यालय क्षेत्रमा संचालन हुने भएकाले सम्बन्धित बिद्यालयका शिक्षक,शिक्षिका, स्वयंसेवक, जनप्रतिनिधि लगायतका साथ सहयोगको आवश्यकता रहेने यादवको भनाइ छ।

रौतहटको १८ वटै पालिकामा क्रमशः अगाडि बढ्ने र एउटा पालिकामा सो कार्यक्रम ६ दिन सम्म चल्ने WHO को प्रतिनिधि सुरेश शुक्लाले उल्लेख गरे।

चैत २५ देखि बैशाख १८ गते सम्म यो कार्यक्रम ९५ प्रतिशत बच्चालाई खोप लगाउनु पर्ने लक्ष्य रहेकाले र सो कार्यक्रमलाई सफल पार्न जिल्लाको सम्पूर्ण पत्रकार, शिक्षक, जनप्रतिनिधिहरुको निष्पक्ष साथ सहयोग चाहिने शुक्लाले जिकिर गरे।
सो कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति राैतहटका सभापति रामएकवाल यादव, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, अतिथिको रुपमा अनुसन्धानको एसपी मुकुन्द खड्का, पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा,कल्चे निरिक्षक अनिल कर्ण लगायत विभिन्न मिडियामा आबद्ध संचार कर्मिहरुको उपस्थितमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here