नेकपा एमालेलाई जिताउन आफ्नो खर्चले गरुडाका जनताहरु लागिपरेका छन्:जैसवाल

बिमलेश कुमार
१९ वैशाख २०७९ रौतहट।नेकपा एमालेबाट गरुडा नगरपालिका प्रमुख पदका उमेदवार  कन्थमनी जैसवालले आफ्नो घरबाट खाना खाइ यहाँका  जनताहरुले नेकपा एमालेलाई जिताउन लागिपरेका बताएका छन्।
चुनावी प्रचारप्रसारमा जुटेका नगर प्रमुख पदका उमेदवार कन्थमनी जैसवाल र उपप्रमुख पदका उमेदवार ज्ञानकलि देवी साहले आज सोमबार शिवनगरमा घरदैलो कार्यक्रम गर्दै सो कुरा बताउनु भयो।
गरुडा नगरपालिकाको निजि भवन बनाउने मुख्य एजेन्डा बोकेका जैसवालले गरुडा नगरपालिकाका सम्पूर्ण दलित समुदायका लागि  मौलिक हकको रुपमा रहेको आवास निर्माण, विशेष रुपमा प्राविधिक शिक्षामा जोड, युवालाई रोजगारी दिनुको साथै ब्यापारीहरुलाई प्रशासनहरुको ज्यादतीबाट मुक्ति दिलाउने समेत प्रतिबद्धता गर्नु भयो ।
विकास पुरुका रुपमा रहेका रौतहटका सान प्रभु साहको विकास नितिलाई सम्मान गर्दै अगाडि बढ्ने  जैसवालले बताउनु भयो।  गरुडाका सम्पूर्ण जनताहरुको हरेक क्षेत्रका समस्या समाधानका लागि आफ्नो उमेदवारी रहेको जैसवालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here