पुर्व प्रधानमन्त्री नेपाल गृह जिल्ला रौतहटमा नेकपा एसका उम्मेदवारलाई मत माग्दै

चन्द्रपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस प्रदेशमा आफ्नो पार्टीको दरिलो उपस्थिति रहने बताएका छन् ।

आफ्ना पार्टीका उम्मेदवारहरुलाई मत माग्न अध्यक्ष नेपाल आज राजधानी काठमाडौँबाट मधेस झरेका हुन् ।

चुनावी अभियानको शिलशिलामा नेता नेपालले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा घरदैलो कार्यक्रम सहभागिता पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको पक्षमा चुनावी महौल बन्दै गएको बताए ।

चन्द्रपुरमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, स्वस्थ पिउने पानी र स्वरोजगारी सिर्जना गर्नको लागि नेकपा एसका उम्मेदवारहरुलाई जिताउन आह्वान गरे । ‘चन्द्रपुरमा बाबुराम दाहाल जस्ता भिजन भएका योग्य युवा उम्मेदवारलाई मेयर पदमा उतारेका छौं, पक्कैपनि आफ्नो गाउँठाउँको विकास र समृद्धिका लागि यहाँहरुले मत दिएर जिताउनु हुनेछ’–नेता नेपालले मतदाताहरुलाई अनुरोध गर्दै भने ।

आजको घरदैलो कार्यक्रममा मेयर पदका उम्मेदवार दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी, नेकपा एमालेका केन्द्रीय नेता संबिधान सभा सदस्य रामकुमार भट्टराई, चन्द्रपुर ८ नम्बर वडाका अध्यक्ष र सदस्यका उम्मेदवारसहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पूर्व प्रधानमन्त्री नेपालले आजै रौतहटको गरुडा नगरपालिकामा आयोजित चुनावी सभा तथा पार्टी पैवेश कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here