मौलापुर नपाको मेयर प्रभु साह हो रिना साह होइन:अशोक जैसवाल


बिमलेश कुमार झा
२४ वैशाख २०७९
रौतहट। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक जैसवालले मौलापुर नगरपालिकाको मेयर प्रभु साह रहेको टिप्पणी गरेका छन्।
नेता जैसवालले मौलापुरका मेयर रिना साहलाई मुर्तिको संज्ञा दिएका छन्।
मौलापुर नगरपालिका वडा नं ६ पथरामा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता जैसवालले सो कुरा बताउनुभयो ।
चुनावको समय प्रभु साहले क्षेत्र नं ३ मा यादव र पच्पउनियाको नारा लगाउदै आएको हो ।
नेता जैसवालले हरेक चुनावको समय प्रभु साहले दुई समुदाय बिच झडप गराइ जित हासिल गर्दै आएकाले त्यस्तो अवसर बादीलाई प्रास्त गर्न आपसी सद्भाव कायम गरि चुनावमा लागन सबै सँग आग्रह गरे।

नेता जैसवाल अनुसार यदि साच्चिकै प्रभु साह पच्पउनियाको नेता हो भन्ने धिरज पटेल, अशोक जैसवाल, उजेन्द्र मुखिया लगायतका नेता कार्यकर्तालाई हरेक समय बाइपास गर्ने थिएन त्यसैले त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरे।

नेता जैसवालले प्रभु साह भन्ने व्यक्ति पदको लोभी मात्रै रहेको उसलाई देश र समाजको चिन्ता नरहेको बताएका छन्।
नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेपाली काङ्ग्रेस पार्टीका साझा मेयर पदको उमेदवार रामप्रवेश यादवलाई भारी मतले बिजयी गराउन मौलापुरका जनतासँग नेता जैसवालले आग्रह गर्नु भयो।
तीन दलका साझा मेयर पदका उमेदवार रामप्रवेश यादवले गरेको प्रतिबद्धता पत्रलाई व्याख्या गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खानेपानी तथा खेलकुद लगायतका क्षेत्रमा हाम्रो पहुँच हुने बताएका छन्।
मेयर पदका उमेदवार यादवले लोकसेवा आयोगको लागि तयारी कक्षा नि:शुल्क संचालन गर्ने,नगर स्तरीय एइइ परिक्षामा टँप टेन विद्यार्थीहरुलाई एमबीबीएस, एच.ए., स्टाफ नर्स, सब ईन्जिनियरको निःशुल्क शिक्षाको व्यवस्था गर्ने,नगर स्तरीय पचास सैयाको बेड भएको आधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने,नगर भित्र आधुनिक तरिकाको खेल मैदान निर्माण,नगरभित्र सिचाइ व्यवस्थापनको निम्ति १० बिघा क्षेत्रफलमा एउटा बोरिङ र मोटरको व्यवस्था गर्ने,नगर भित्रको प्रत्येक वडामा कृषि उत्पादनलाई सहज बनाउनका लागि एउटा ट्याक्टर संचालन गर्ने,नगर स्तरीय रिङ्ग रोड, फोरलाईन तथा लाइट बति सहितको बाटो निर्माण गर्ने,नगर भित्र प्रत्येक वडामा रहेको दलितहरुको लागि २ कोठे भवन निर्माण गर्ने,नगर भित्रको प्रत्येक वडामा विवाह भवन निर्माण गर्नुको साथै कृषिको क्षेत्रमा ६, पूर्वाधार र प्राकृतिकको क्षेत्रमा ८, शिक्षाको क्षेत्रमा ७, स्वास्थ्यको क्षेत्रमा ४ खानेपानी तथा खेलकुदको क्षेत्रमा ४ वटा योजनाहरुलाई क्रमशः व्याख्या गर्नु भयो ।
मेयर पदका उमेदवार यादवले सो योजनाहरु निर्वाचित भएको पर्सि देखि कार्यनयन नभए आगामी चुनावमा यहाँका जनतासँग भोट माग्न नआउने समेत प्रतिबद्धता जनाए।
प्रभु साह जस्तो ठूलठूला सपना देखाएको होइन सम्भव हुने गरि प्रतिबद्धता पत्र सार्वजनिक गरेको यादवले दाबी गरे।

तीन दलका साझा मेयर पदका उमेदवार रामप्रवेश यादवको जीत मौलापुर नगरपालिकाको सम्पूर्ण नगरबासीको जित हुने भएकाले एक पटक हसिया हथौड़ा छापमा मोहर लगाइ र नेकपा माओवादी केन्द्रलाई विजयी गराउन पार्टीका मधेस प्रदेश सदस्य बिन्देशवर यादवले सम्पूर्ण नगरबासीहरुलाई आग्रह गर्नु भयो।

सो कार्यक्रममा उपमेयर पलका उमेदवार रिना कुमारी साह, जसपाबाट लखिन्द्र यादव, नेपाली काङ्ग्रेसबाट विवेक यादव,वडा नं ६ का निवर्तमान वडा अध्यक्ष उपिन्द्र जैसवाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here