रौतहट, २४ बैशाख । युरोपियन युनियनका महामहिम राजदुत H.E. Nona Deprez र रौतहटका पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा मधेश प्रदेशमा अक्सफाम नेपालको नेतृत्वमा ग्रामिण विकास समाज नेपाल (RDC Nepal), कोशि पिडित समाज (KVS) र हिमालयन कर्ज्जभेसन ग्रुप नेपालको (HCGN) मार्फत रौतहट र सप्तरी जिल्लामा “प्रदेश २ मा जलवायु लचिलो नीति र अभ्यासहरूको लागि प्रमुख विकास साझेदारहरूको रूपमा CSOs लाई बढाउँदै“ परियोजना साथै आड्रा नेपाल, सामुदायीक विकास तथा पैरवी मञ्च (CDAFN), रुपान्तरण नेपाल र VSO मार्फत मधेश प्रदेशमा सञ्चालनमा रहेका परियोजनाहरु र यी संगै युरोपियन युनियनको आर्थीक सहयोगमा अन्य निकायहरुबाट पनी परियोजनाहरु सञ्चालनमा रहेकाले उक्त परियोजनाहरुको अनुगमन तथा मुल्याङ्कनको सन्दर्भमा युरोपियन युनियनका महामहिम राजदुत H.E. Nona Deprez ले भ्रमण गरिएकी छिन ।
भ्रमणकै सिलसिलामा मधेश प्रदेशका विभिन्न मन्त्रीहरु, निजी क्षेत्रका व्यवसायी संगठनका प्रतिनीधिहरु सँगपनी समन्वयत्मक भेटघाट र छलफल रहेको साथै भ्रमणको अन्त्यमा पत्रकार मित्रहरुसँग पनी भ्रमणसँग सम्बन्धित छलफल, भेटघाट गरेकी हुन् । बुधबार चन्द्रपुरको होटल तराई इनमा पत्रकारहरु संगको अन्तरक्रियामा उनी पत्रकारिताको समस्या र युरोपियन युनियनको आर्थिक सहयोगमा भएको काम बारे जानकारी लिएकी थिइन् । पत्रकारहरु संगको अन्तरक्रियामा रौतहटका ८ जना पत्रकारहरु सहभागी रहेका थिए ।