बिमलेश कुमार झा
२५ वैशाख २०७९
रौतहट। नेपाली काङ्ग्रेस पार्टीका मधेस प्रदेश सदस्य एवम् ईशनाथ नगरपालिकाको मेयर पदका उमेदवार अन्जु झाले यहाँका जनताको आशिर्वाद पाए ईशनाथ नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता गरेकी छिन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा यहाँका न्याय प्रेमी जनताले मलाई आशिर्वादका रुपमा आफ्नो अमूल्य मत दिई विजयी गराए ईशनाथ नगरपालिकालाई देशमा नमुना नगरपालिकाको रुपमा चिनाउने झाले प्रतिबद्धता गरिन।
ईशनाथ नगरपालिकामा सबै दल, नागरिक र समुदायलाई मिलाएर लैजाने प्रमुख पदका उमेदवार झाले प्रतिबद्धता व्यक्त गरिन् ।
आफूले महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने झाले बताउनुभयो । झाले भन्नुभयो “म, कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति हुँ, समग्र नगरकोे विकास गर्ने छु।”
पञ्चवर्षीय योजनाका अन्तर्गत शिक्षा,स्वास्थ्य, रोजगारी, आवास निर्माण,सडक पूर्वाधार लगायतका क्षेत्रमा मैले गरेको प्रतिबद्धता अनुसार सम्पन्न गर्ने उनले बताइन् ।
समाजिक अभियनताका रुपमा चर्चित झाले नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट ईशनाथ नगरपालिका प्रमुख पदका उमेदवार हुन्।
ईशनाथ नगरपालिकाको मेयर पदका उमेदवार झाले पहिला देखि नै समाजिक कल्याणकारी काम गरि जनताको मन जित्न सफल भएकी छिन्। ।
झाको उमेदवारी ईशनाथ नपालाई सुखी, समृद्ध,शान्त, शिक्षित र रोजगार युक्त बनाउनका लागि रहेको उनले बताइन् ।
झा अनुसार अरु व्यक्तिको उमेदवारी परिवारका विकास, जातीय विकास, कार्यकर्ता विकासका लागि रहे पनि हाम्रो उमेदवारी नपाको समृद्ध तथा सम्पूर्ण जनताको हकहितका लागि रहेको दाबी गरिन।
समाजिक अभियनताका रुपमा काम गर्ने झाको मेयर पदको उमेदवारीलाई ईशनाथ नगरपालिकाको सम्पूर्ण जनताले गौरवको रुपमा लिएको एक स्थानीयले बताए।