ओलिको युग समाप्त भयो:अध्यक्ष नेपाल

बिमलेश कुमार झा
२६ वैशाख २०७९ रौतहट। नेपाल कम्युनिस्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको युग समाप्त भएको टिप्पणी गरेका छन्।

स्थानीय तह निर्वाचन सम्बन्धि कार्यक्रमका लागि गृह जिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले ओलिको युग समाप्त भइ कलमको उदय भएको बताएका छन्।

नेकपा एस मौलापुर नगर कमिटीद्वारा आज सोमबार सोनरनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालले नेकपा एसले स्थानीय तह देखि केन्द्र सम्म ओलिको खेल समाप्त गरेको दाबी गरे।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दैै दुई÷दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेका कारण आज देशबाट आउट भएको टिप्पणी गरे।

नेपालले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार मुक्त गर्न एक मात्र विकल्प कलम छापको जित रहेको उल्लेख गरे।

अध्यक्ष नेपालले मौलापुरलाई पर्यटकीय नगरमा विकास गर्ने, नदि नलाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रबर्द्धन सहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि नेकपा एसबाट मेयर पदका उमेदवार रामकल्याण यादव र उपमेयर पदका उमेदवार मनोहरी देवीलाई विजयी गराउन आग्रह गरे ।

भ्रष्टाचार नगर्ने, सुशासनको प्रबर्द्धन, जनताको मन जित्ने, विश्वास जित्ने र जनतासँग निरन्तर भेटघाट गरिरहनसमेत उहाँले उम्मेदवारलाई सुझाव दिए ।

आफ्नो गृह जिल्ला रौतहटमा नेपालले नेकपा एमालेबाट हजारौंको संख्यामा नेकपा एसमा प्रवेश गराएका छन्।
अध्यक्ष नेपालले एकै दिनमा रौतहटको ३ ठाउँमा चुनावी सभालाई सम्बोधन गरेका थिए।
पंचायती व्यवस्थामा केपी शर्मा ओलीले शरण लिएको घरका सबै सदस्य नै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। पंचायती कालमा नेकपा एमाले पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ बर्ष सम्म शरण दिने तथा कम्युनिस्ट पार्टीका जन्म भए देखि निरन्तर रुपमा नेकपा एमाले पार्टीलाई माया गर्ने र पार्टीको कुशल सिपाही बनी काम गर्ने रौतहटको बौधिमाई नपा वडा नं ४ इनरवारी निवासी कपिल देव पटेल, शिवधारी पटेल र अनेरास्ववियुको प्रदेश सचिव कनिश पटेल लगायत हजारौं नेता कार्यकर्ताहरूलाई अध्यक्ष नेपालले नेकपा एसमा स्वागत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here