गाैर।राैतहटको ईशनाथ नगरपालिका का निवर्तमान नगरप्रमुख सन्तोष कुमार मेहता उपर संघातिक हमला भएकोछ। निवर्तमान नगरप्रमुख मेहताले विहिवार पत्रकार सम्मेलन गरि नेपाली कांग्रेसका उमेदवार अन्जु झा सहितका नेतृत्वमा आएका व्यक्तिले आफु उपर हमला गरेको जानकारी दिनुभयो । प्रहरीको भुमिका उपर निश्पक्ष नभएको बताउदै प्रहरीले नै आफुलाई बोलाई विपक्षीसंग मिलेर सांघातिक हमला गराएको आरोप लगाउनु भयो। ईशनाथ नगर पालिका वडा नम्बर ५ को एक घरमा विवाहको भोजबाट फर्कि रहेको अवस्थामा आफुमाथी हमला भएको आरोप लगाउनु भयो । निवर्तमान नगर प्रमुख मेहता , शशिभुषण मेहता र बिक्रम मेहता घाईते हुनु भएको बताईएकोछ ।दुई जनाको टाउको फुटेको छ भने निवर्तमान नगरप्रमुख मेहताको हातमा चाेटपटक लागेकोछ ।
धटना बारे जिल्ला प्रहरी कार्यालय राैतहटका उपरीक्षक विनोद घिमिरेलाई जानकारी दिई आफना सुरक्षाका लागि गार्ड उपलब्ध गराई दिन माग गरेको बताउनु भयो । विपक्षी उपर कानुनी कार्वाही गर्न वहाँले माग समेत गर्नु भयो ।आफु जित्न लागेकाले विपक्षी हत्तोतसाहित भई ज्यान लिने उदेश्यले धटन गराउने काम भएको आरोप लगाउनु भयो ।