मौलापुरको दुइ वटा वडाको मतपरिणाम सार्वजनिक

०१ जेठ,रौतहट। रौतहट जिल्लाको मौलापुरमा अहिलेसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
जस अनुसार वडा नं १ मा नेकपा माओवादी र वडा नं २ मा नेकपा एमालेले जित हासिल गरेका छन्।
मौलापुर नगरपालिका वडा नं २ मा एमालेका श्रीभगवान राउत कुर्मी विजयी भएका छन् । एमालेका उम्मेदवार पटेलले ४८० मत ल्याइ विजयी प्राप्त गरेका छन् । पटेलले आफनो निकट प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट सोनालाल यादवलाइ २८ मतले पराजित गरेका हुन् । माओवादीका उम्मेदवार सोनालाल यादवले ४५२ मत प्राप्त गरेका थिए । कुर्मी सँगै वडा सदस्यहरुमा नेकपा माओवादी केन्द्रबाट महिला सदस्य चमेली देवि यादव ४५८ मत, एमालेबाट दलित महिला सदस्य अनिता देवि ४७१ मत, खुला सदस्य नागेन्द्र साह कानु ४५५, खुला सदस्य लक्षमण साह कलवार ४५४ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
त्यस्तै सो नगरपालिकाको वडा नम्बर १ मर्यापुरको मत परिणाम सार्वजनिक भएको छ । माओवादी केन्द्रले सो वडामा जित हात पारेको छ । एमालेका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव जयनाथ प्रसाद कुशवाहा विजयी भएका हुन् । कुशवाहाले ८२८ मत प्राप्त गरि वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमालेका उम्मेदवार बैधनाथ प्रसाद साहले ६५८ मत प्राप्त गरेका थिए । सो वडामा माओवादीको प्यानल नै विजयी भएका छन् । वडा सदस्यहरुमा नबलकिशोर प्रसाद यादव ७८९ ,राजेन्द्र मुखिया बिन ७२३,बचिया देवी पाण्डे ८१०,सुमिन्त्रा देवी बैठा ७७९ मत प्राप्त गरी विजयी भएका छन् ।
मौलापुरमा माओवादी केन्द्रका उम्मेदवार रामप्रवेश यादवले दुइ वटा वडाको मत गन्ना हुँदा अग्र स्थानमा छन् । उनले १२७६ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार रिना कुमारी साहले ११७९ मत प्राप्त गरेका छन् । केन्द्रका मेयर उम्मेदवार ९७ मतले अगाडी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here