पूर्व मन्त्री साहको गृह नगरमा नेकपा एमालेको हैट्रिक


बिमलेश कुमार झा
०२ जेठ,रौतहट। नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहको गृह नगर मौलापुरमा नेकपा एमालेले हैट्रिक जित हासिल गरेका छन्।
वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचनको मत परिणाम आउन थाले पछि नेकपा एमालेले रौतहटको मौलापुर नगरपालिकामा लगातार ३ वटा वडामा जित हासिल गरेका छन्।
नेकपा माओवादी केन्द्रबाट मौलापुरको वडा नं १ मा जैनाथ कुशवाहाको जित पश्चात् लगातार वडा नं २, ३ र ४ मा नेकपा एमालेले जित हासिल गर्न सफल भएका छन्।
सो नगरपालिका वडा नं २ मा श्री भगवान पटेल, ३ मा महेश जैसवाल, र ४ मा वीर बहादुर साहले विजयी भएका छन्।
नेकपा एमालेबाट महेश कुशवाहा ४१२,नेपाली काङ्ग्रेसबाट अन्जु यादव ३०६, माओवादीकेन्द्रबाट कामेशवर साह २८६ नेकपा एसबाट राजकिशोर यादवले ३०२ मत प्राप्त गरेका छन्।

कुशवाहाले निकटतम प्रतिद्वन्द्वी अन्जु यादवसँग १०६ मतले पुरै पैनल सहित निर्वाचित भएका छन्।

जबकि वडा नं ५ मा पनि नेकपा एमालेकै जित हुने एक स्रोतले जनाएको छ। वडा नं १ देखि ४ सम्मको मत परिणाम सार्वजनिक भए पछाडि नेकपा एमालेबाट मेयर पदका उमेदवार रिना साहको २३१८ र नेकपा माओवादी केन्द्रबाट मेयर पदका उमेदवार रामप्रवेश यादवको १९३१ जम्मा मत रहेको छ। वडा नं ३ को मत परिणाम सार्वजनिक भए सँगै ३८७ मतले निवर्तमान मेयर साहले अग्र स्थानमा पुगेकी छिन्। यस अघि गौर नगरपालिकामा नेकपा एसले हैट्रिक जित हासिल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here