कुशल समाजसेवी शम्भु सिंह गाउँपालिका अध्यक्षमा निर्वाचित


बिमलेश कुमार झा
०३ जेठ, रौतहट। नेकपा माओवादी केन्द्रबाट कुशल समाजसेवी शम्भु सिंहले रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।
वैशाख ३० गते सम्पन्न भएका स्थानीय तह निर्वाचनको पाँच वटै वडाका मतपरिणाम सार्वजनिक भए सँगै सिंहले फराकिलो मतान्नतरले निर्वाचित भएका छन्।दुई गाउँपालिका र १६ नगरपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा पहिलो औपचारिक परिणाम सार्वजनिक भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रले पहिलो जित हासिल गरेको छ।

दुर्गा भगवती गाउँपालिकामा ५ वटा वडा रहेका छन् जसमध्ये ३ वटामा नेपाली काङ्ग्रेस र २ वटामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन्।
सिंहले चार हजार दुई सय चार मत प्राप्त गरि निकटतम प्रतिद्वन्द्वी साहलाई पछ्याउँदै १२ सय २२ मतले निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली काङ्ग्रेसबाट मेयर पदका उमेदवार अरुण साहलाई १२२२ मतले हराउँदै सिंहले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।

सिंहले विगतको निर्वाचनमा झिनो मतान्नतरले हारेका थिए तर हारेको पाँच वर्ष सम्म समाज सेवामै समय बिताएकाले सो कार्यको मुल्यांकन स्वरुप आज मंगलबार यहाँका जनताले उहाँलाई गाउँपालिका अध्यक्षमा भारी मतले विजयी गराएका छन्।

नेकपा माओवादी केन्द्रबाट गाउपालिका अध्यक्षमा शम्भु सिंह, उपप्रमुखमा शिला देवि, नेपाली काङ्ग्रेसबाट वडा नं १ मा प्रधुमन चौधरी,वडा नं २ मा सुरेश चौधरी,नेकपा माओवादी केन्द्रबाट वडा नं ३ मा धर्मेन्द्र झा, वडा नं ४ मा रामानन्द यादव र नेपाली काङ्ग्रेसबाट वडा नं ५ मा धर्मनाथ चौधरीले निर्वाचित भएका छन्।

सिंहको निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली काङ्ग्रेसबाट मेयरमा अरुण साह २९८२, जसपाबाट संजय यादव ७५१, लोसपाबाट रतिनाथ झा ११९५ र उपप्रमुखमा नेपाली काङ्ग्रेसबाट मन्जु देवि २३५७, जसपाबाट निलम देविले ४६१ मत प्राप्त गरेकि छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here