पूर्व मन्त्री साहको श्रीमती फराकिलो मतले अगाडि

बिमलेश कुमार झा
०३ जेठ, रौतहट। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहको श्रीमती रिना साहले मौलापुर नगरपालिकामा दोब्बर मतले अग्रता लिएकी छीन्।
साहले आफ्नो गृह नगर मौलापुरमा एमाले पार्टीबाट लगातार ४ वटा वडा जिताउन सफल भएका छन्।
मौलापुरमा अहिलेसम्म ५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ।
जसमध्ये माओवादी केन्द्रले वडा नम्बर १ मात्रै जितेका छन्।

केही बेर अगाडि साहको गृह वडामा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उमेदवार चन्द्रशेखर साहले नेपाली काङ्ग्रेसलाई उछिन्दै पुरै प्यानल सहित निर्वाचित भएका थिए।
पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार साहले ३१८९ मत प्राप्त गरी अग्रता लिएकी हुन्। यस्तै नेकपा माओवादी केन्द्रबाट राप्रवेश यादवले १९१७ मत प्राप्त गरेका छन्। पहिलो नम्बरमा रहेकी साह र दोस्रो नम्बरका यादव बिच १२७२ मतको अन्तर रहेको छ।
यसैगरी उपप्रमुखमा नेकपा एमाले पार्टीबाट नागेन्द्र यादवले २५०९ मत ल्याएर अग्रता लिइरहेका छन्। यस्तै नेकपा माओवादीकि रिना देवि साहले २१२१ मत प्राप्त गरेकी छन्।
मौलापुर निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर १, २, ३,४, र ५ को मतगणना पुरै सकिएको छ।

अधिकृत अनुसार वडा नं ६ र ७ को मतगणना कार्य चलिरहेको बताएका छन्।
मौलापुर नगरपालिका
नगर प्रमुख
सुर्य=३१८८
हसिया हथौड़ा =1917
नगर उपप्रमुख
सुर्य=२५०९
हसिया हथौड़ा =२१२१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here