मौलापुर ६ मा नेकपा एसबाट यादव निर्वाचित

बिमलेश कुमार झा

३ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीबाट मौलापुर नगरपालिका वडा नं ६ को वडा अध्यक्ष पदमा ३४० मतले ईश्वर दयाल यादवले निर्वाचित भएका छन्।
यादवले ६१६ र नेकपा एमालेबाट निकट प्रतिद्वन्द्वी बिरचन रामले २७४ ल्याएका थिए। यादवले नगरपालिका भित्र निर्वाचित भएका ६ वटै वडा अध्यक्ष भन्दा सर्वाधिक मतले विजयी भएका छन्।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मौलापुर नगरपालिकाले ६ वटा वडाको मतपरिणाम सार्वजनिक गरेको छ।
मौलापुर नगरपालिका भित्र रहेका ९ वटा वडा मध्ये ६ वटा वडाको मतपरिणाम औपचारिक रुपमा सार्वजनिक भएको छ । जबकि वडा नं १ मा नेकपा माओवादी केन्द्र २,३,४,५ मा एमाले र वडा नं ६ मा नेकपा एसले जित हासिल गरेका छन्।

नेकपा माओवादीबाट मौलापुर वडा नं १ मा जैनाथ कुशवाहा, नेकपा एमालेबाट वडा नं २ मा श्री भगवान पटेल, ३ मा महेश कुशवाहा, ४ मा वीर बहादुर साह, ५ मा चन्द्रशेखर साह र नेकपा एसबाट वडा नं ६ मा ईश्वरदयाल यादवले निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here