गाैर नगर प्रमुख साहले विधालय र स्वास्थ्य संस्थामा गरे अनुगमन

राैतहट ।गौर नगरपालिका का नव निर्वाचित नगरप्रमुख शम्भु साहले वार्ड न.५ मा रहेको माध्यमिक बिधालय को नया निर्माण हुन लागेको भवनको अनुगमन गर्नु भएको छ । साे अवसरमा स्कुलको विद्यार्थी र शिक्षकसग भेटि लामाे समय देखि विधालयमा रहेको समस्या बारे बुझनु भयाे । कक्षाकोठा को कमिका कारण साझा कक्षा सञ्चालनमा रहेको प्रधानाध्यापक अनिल कुमार लाल दासले जानकारी दिनु भयाे ।उहाँको भनाइ अनुसार गौर नगरपालिका मा शिक्षा को गुणस्तर धेरै कमजोर भएको ले आफ्नो कार्यकालमा शिक्षा मा धेरै बिकास गर्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । कुनै कार्यमा सामाज को धेरै सहयोग चहिने भएको ले सम्पूर्ण सामाज को साथ आगाडि बढने बताए का छन। साथै नगर प्रमुख साहले नगरको स्वास्थ्य संस्थाको अनुगमन समेत गर्नु भएको छ।साे क्रममा अनुपस्थित स्वास्थ्यकर्मी संग स्पष्टीकरण लिन निर्देशन दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here