बिमलेश कुमार झा
१० जेठ, रौतहट। रौतहटको बौधिमाई नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्।
नेकपा एकीकृत समाजवादीबाट मेयरमा प्रदिप यादव र उपमेरमा प्रमिला देवीले निर्वाचित भएकी छिन्।
त्रिपक्षीय प्रतिस्पर्धा भए पनि अन्ततः नेकपा एसबाट मेयरमा प्रदिप यादव १८६ र उपमेयरमा प्रमिला देवी ४५३ मतले दुवै उमेदवार विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी जसपा नेपालबाट निवर्तमान मेयर समेत रहेका राजिव रन्जनलाई १८६ मतले हराउँदै यादव मेयर भएका हुन्।
यहाँ प्रदिप यादवले ४८१० मत ल्याउँदा निवर्तमान मेयर रन्जनले ४६२४ मत ल्याएका थिए। प्रदिप यादव ०७४ को चुनावमा तत्कालीन नेकपा एमालेबाट बौधिमाई नपाको मेयरमा झिनो मतान्तरले हारेका थिए।
उपमेयरमा निकटतम प्रतिद्वन्द्वी जसपा नेपालबाट सिमा नेसाले ४४८१ र प्रमिला देवीले ४८९४ मत प्राप्त गरि ४५३ मतले विजयी भएकी छिन्।
यसै बिच बौधिमाई नपाका वडा नं ७ मा लाठी भाटा बोकिएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। निवर्तमान मेयर राजिव रन्जन यादवलाई हार्ने सम्भावना देखेपछि निजका समर्थकहरुले करिब १० बजे रातमा ना ७ त ६०० नम्बर पलेटको ट्याक्टरमा लाठी भाट्टा बोकी मतगणना केन्द्र तिर आउदै गर्दा वडा नं ७ का स्थानीयहरुले सो ट्याक्टरलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी बंकुललाई बुझाएको स्थानीयले बताएका छन्। सो ट्याक्टरमा जसपा नेपालका चुनाव चिन्ह अंकित झणडा पनि झुण्ड्याइएको बुझिएको छ।