मेयर र उपमेयरको साझा निर्णय:पन्ध्र शैया अस्पताल र भिडियो एक्सरे मेसिन खरिद गर्ने


बिमलेश कुमार झा
१३ जेठ,रौतहट ।रौतहटको देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका दिन जनहित्कारी निर्णय गरेका छन्।

देवाही गोनाही नपाको नवनिर्वाचित मेयर प्रेमलाल साह र उपमेयर प्रनिया देवी पटेलले पद भार ग्रहण गरेकै दिन नगरपालिकामा १५ शैयाको अस्पताल र गर्भवती महिलालाई चेक जाच गर्न भिडियो एक्सरे मेसिन खरिद गर्ने साझा निर्णय गरेको हो।
नगरप्रमुख साहले हिजो बिहीबारका दिन पदभार सम्हालेका थिए।
निवर्तमान मेयर धर्मेन्द्र कुमार पटेलले आफ्नो कार्यकालमा गर्न नसकेका कार्य नवनिर्वाचित मेयर र उपमेयरले कार्यभार सम्हालेका पहिलो दिन जनहितकारी निर्णय गरि विकासको प्रत्याभूति दिलाएका छन्।

जबकि मेयर साह पहिलो र उपमेयर पटेल दोस्रो पटक निर्वाचित भएकी छिन्।

देवाही गोनाही नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम पश्चात् उपमेयर पटेलले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्दै सुरक्षित मातृत्वका लागि बर्थिङ सेन्टरको निर्माण गरि प्रभावकारी ढंगले संचालन गर्ने बताएकी छन्।

नवनिर्वाचित प्रतिनिधिलाई शपथ ग्रहण गराउदै नगर प्रमुख साहले नगरको विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहने तथा दिन-रात एक गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here