बजेट पुरानै परम्पराको निरन्तरता : अनिलकुमार झा

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले आगामि आर्थीक बर्षको बजेट चुनावमुखी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको संद्धान्तिक छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए ।

नेता झाले यसपालिको बजेट पनि पुरानै परम्पराको निरन्तरता भएको बताए । उनले बजेमा कुनै नयाँपन नदेखिएको बताए । ‘यो बजेट समग्रमा वितरणमुखी हो । यो बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई इन्गेज गर्न र पैसा बाँड्न बनाइएको बजेट हो’, उनले भने ।

झाले बजेटमा लेखिएका नारा कार्यान्वयन गरेर देखाउन अर्थमन्त्रीलाई चुनौती समेत दिए । उनले अव नारा मात्रै लगाएर नपुग्ने बताउन काम गर्न सरकारलाई सुझाव समेत दिए ।सम्भार:nepalmanch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here