बिमलेश कुमार झा
१७ जेठ २०७९,रौतहट। रौतहटका एक नगपालिकामा दलित पत्रकार निर्वाचित भएका छन्।
रौतहटको बृन्दाबन नगरपालिकाको कार्यपालिका सदस्यमा पत्रकार राजेस पासवान निर्वाचित भएका छन्।
आज मंगलबार भएको कार्यपालिका सदस्य निर्वाचनबाट पत्रकार पसवान पनि निर्वाचित भएको हो।
विगत लामो समय देखि विभिन्न मिडिया तथा वर्तमानकाल दैनिक पत्रिकाको सह-सम्पादकको रुपमा काम गर्दै आएका पासवान आज कार्यपालिका सदस्यमा निर्वाचित हुदा खुसी व्यक्त गरेका छन् ।
पालिकाका ५ महिला र ३ अल्पसंख्यक सदस्यहरू निर्वाचित भएका हुन् ।
बृन्दावन नगरपालिकाका महिला सदस्यहरुमा कोशिला देवी पटेल,एतवरीया देवी,रामपरी देवी,जहाना खातुन,पुनम देवीको उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट राजेश पासवान,रामबाबु साह,महेश बैठा र रामबाबु साह निर्वाचित भएका छन् । निर्वाचित भएका आठवटै सदस्यहरु नेकपा एकीकृत समाजवादी पार्टीका हुन्
निर्वाचित भएका आठवटै सदस्यलाई प्रमाणपत्र वितरण भइसकेको पत्रकार पासवानले जानकारी गराए।
नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र प्रत्येक वडाबाट एक/एक जना वडाध्यक्ष रहन्छन् । नगर सभाले सभाका सदस्यहरूमध्येबाट निर्वाचित पाँच जना महिला र अन्य तीन जना दलित वा अल्पसंख्यक पनि कार्यपालिकाको सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट एक/एक जना वडाध्यक्ष रहने व्यवस्था छ । यसबाहेक गाउँ सभाका सदस्यमध्येबाट चार महिला र अन्य दुई दलित वा अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित हुने व्यवस्था गरेको छ ।