आर्थिक वर्ष २०७९÷०८० का लागि स्थानीय तहको कार्य सम्पादनमा सिरहाको अर्नमा गाउँपालिका अब्बल ठहरिएको छ । गोलबजार नगरपालिका भने नगरहरुमा सबैभन्दा पछि परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत स्वमूल्यांकन प्रणाली ( लिजा ) मा १०० पूर्णङ्क मध्ये ९५.५ अंक ल्याएर सर्वोत्कृष्ट स्थान हाँसिल गरेको छ भने औरही गाउँपालिकाले ९३. ५ अंक प्राप्त गरेर दोश्रो स्थान सुक्षित गरेको छ ।
गोलबजार नगरपालिका तासको एक खेल गोलखाडी जस्तै जाकिएको छ । गोलबजार नगरपालिकाले जम्मा ५६.७५ अंक मात्र प्राप्त गरेको छ । यो अंक ज्यादै निष्प्रभावी कार्यसम्पादनको द्योतक हो ।
नगरपालिकाहरु मध्ये मिर्चैयाले ८८.७५ , सिरहा ८३।७५ , धनगढीमाई ८१।५ , लहान ६१ र कल्याणपुरले ५३.७५ अंक प…