राैतहटको सबै वडामा राष्ट्रिय परिचयपत्रका लागि टोली खटने


प्रेमचन्द्र झा
माध १२ गते
राैतहट । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राैतहटको सबै स्थानीय तहको वडामा राष्ट्रिय परिचयपत्रका लागि टोली खटाउने भएको छ । जिल्लाको १८ स्थानीय तहको १ सय ५७ वटा वडामा टोली खटने विभागका महानिर्देशक युवराज कटेलले बताए । जिल्ला प्रशासन कार्यालय राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बुधबार गाैरमा भएको अभिमुखिकरण अन्तरक्रृया कार्यक्रममा बोल्दै महा निर्देशक कटेलले डिजिटल नेपाल बनाउने आधारस्तभको रुपमा नागरिकको वायोमेट्रिक डाटा संकलन भईरहेको बताए ।

बाैधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले राष्ट्रिय परिचयपत्र महत्वपुर्ण छ,धेरै कुरामा काम लाग्न सक्छ तर जनता यसमा फोटो खिचाउन उदासिन रहेकाे बताए ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक मु…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here