नेपाल सुन चाँदी रत्न आभुषण व्यवसायी संघ रौतहटको पहिलो साधारण तथा अधिवेशन गरुडामा सम्पन्न


रौतहट।नेपाल सुन चाँदी रत्न आभुषण व्यवसायी संघ रौतहटको पहिलो साधारण तथा अधिवेशन आज गरुडामा सम्पन्न भएको छ ।
सो साधरण सभा तथा अधिवेशनको उदघाटन गर्दै नेपाल सुन चाँदी रत्न आभुषण व्यवसायी संघका केन्द्रिय अध्यक्ष सुरेश मान श्रेष्ठले राज्यले कर मात्र लिने तर व्यवसायी सुरक्षित कसरी गर्न सकिने जस्तामा गम्भीर नरहेको बताएका छन ।


विगत वर्षहरु सुन चाँदी व्यवसायीले कयौ कठिनाइ तथा समस्या भोगिदै आएको उनले स्मरण गराएका थिए ।
साधारण तथा अधिवेशनको शुभकामना दिदै आफनो हक अधिकारकिा लागी अघि बढन उनले सुझाव समेत दिए ।
नेपाल सुन चाँदी रत्न आभुषण व्यवसायी संघ रौतहटका अध्यक्ष उमेश प्रसाद शाहको अध्यक्षतामा विशिष्ठ उपाध्यक्ष अमर नाथ गुप्ता ,महासचिव किशन सुनार ,सचिव निर बहादुर धमला ,मधेश प्रदेश अध्यक्ष सुधिर अग्रवाल , वरिष्ठ उपाध्यक्ष विजय शंकर प्रसाद ,उपाध्यक्ष शिवम कुमार सोनी , कोषाध्यक्ष मिना देवी , महासचिव राम वरण कुमार सोनी , सचिव चन्दन सागर , सदस्यहरु सचिन्द्र साह , अनिता कुमारी , शान्ति देवी लगायतका वत.हरुले शुभकामना व्यत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here