महिला बहुउद्देश्यीय सहकारी संस्थाको कटहरीयामा उद्घाटन

दिपेश कुमार शाह
माघ २१ गते
रौतहटको कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको शनिवार उद्घाटन गरिएको छ ।
कटहरीया नगरपालीका वडा नं १ भसेढवामा महिला सहकारी संस्था को एक कार्यक्रम बीच कटहरीया उप नगर प्रमुख रीता देबी यादवले उदघाटन गर्दै ग्रामीण क्षेत्रमा निष्क्रिय रहेको पूँजीलाई संकलन गरी आर्थिक विकासमा लागनी गर्न सहयोग पुर्याउने कुरा बताए । संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्नका लागि सुशासन आवश्यक हुनुपर्नेमा उनले जोड दिए। सहकारीहरू नाफामुखी मात्र नभइ सेवामुखी हुनुपर्ने सहकारीकर्मीहरुको भनाई रहेको थियो ।

संस्थाका अध्यक्ष लक्ष्नी देवी कुशवाहको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा कटहरीया मेयर प्रत्याशी नगरुदिन अन्सारी ,जवहर लाल यादब ,उमा कन्थ सहनी ,ओमप्रकाश राम, नेपाल इलेक्टि्रकल संघका अध्यक्ष कृष्ण कुमार यादव ,दयाराम दास सरोज दास, विवेक कुमार कुशवाहा बिभिन्न सहकारी संघका प्रतिनिधिहरु,पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here