आधारभुत पत्रकारिता तालिम सम्पन्न


गरुडा।नेपाल पत्रकार महासंघ राैतहट शाखाको आयोजनामा गरुडामा संचालन भएको आधारभुत पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ । सो तालिम समापनको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गरुडा नगर पालिकाका नगर प्रमुख कन्तमणी प्रसाद जयसवाले पत्रकारिता पेशा सुरक्षाकर्मी जस्तै जोखिम पुर्ण पेशा रहेको बताएका छन ।
पत्रकारलाई खान ,बस्ने र सुरक्षाको समेत चुनाैति हुदां हुँदै काम गर्नु परि रहेको नगर प्रमुख जयसवालले बताए
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय गरुका प्रमुख का प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले पुर्व प्रधानाध्यापक हेमा कान्त यादव, नेकपा एमालेका मधेस प्रदेशका सदस्य शेख कलिमउल्लाह, पुर्व शिक्षक विन्देश्वर साह सहितले मन्तवय व्यक्त गर्नु भयो । नेपाल पत्रकार महासंघका अघ्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको समापन कार्यक्रम संचालन रानी साहले गरेकी थिईन ।
सो अवससमा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here